शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

निर्वाचनमा तालमेलको सहमतिले जनविरोधीको निन्द्रा हराएको छ : अध्यक्ष नेपाल


  • आइतबार, चैत्र २० २०७८
9.3K
SHARES

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा सत्तरुढ दलबीच तालमेल हुने निर्णयले जनविरोधीहरुको निन्द्रा हराएको टिप्पणी गरेका छन् ।

आइतबार समाजवादी प्रेस संगठनले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले चुनावी तालमेलको निर्णयले नागरिक भने उत्साहित भएको दावी गरे ।

‘विन–विनको अवस्थामा चुनावी तालमेल गर्ने सकारात्मक सहमतिले जनता उत्साहित भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘तर जनविरोधीको मुख चाउरिएको छ, निन्द्रा हराएको छ । जे पायो त्यही बर्बराउन थालेका छन् । जथाभावी बोल्न थालेका छन् । बेहोस हुुन बेर छैन ।’

अध्यक्ष नेपालले अहिले नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दाबी गरे । संविधानको रक्षा र संघीयता जोगाउने काम एकीकृत समाजवादी पार्टीले गरेकाले सबैतिर प्रशंसा भइरहेको उनको जिकिर थियो ।

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन नपाए चुनावी तालमेल नगर्ने बताएको विषयमा पत्रकारको जिज्ञासामा अध्यक्ष नेपालले आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

‘त्यो कुरा मेरो जानकारीमा छैन कतै त्यो एउटा व्यक्तिको विचार हो कि ? अथवा गलत ढंगले कुराहरु बाहिर गएको हो कि ? कांग्रेसको एउटा हिस्साको धारणा हो कि ?,’ नेपालले प्रश्न गरे ।

उनले ठूलो दलको हैसियतमा सुदूरपश्चिम सरकारमा एकीकृत समाजवादीको दाबी कायमै रहेकाले गठबन्धनका बीचमा प्याकेजमै सहमति हुने जनाए ।

आइतबार बिहान धनगढी आएका एकीकृत समाजवादीका अध्यक्ष नेपाल कञ्चनपुरको वेदकोट नगरपालिकामा आयोजना हुने पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा