त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या आएको छ । कम भिजिबिलिटी भएका कारण उडान अवतरणमा समस्या आएको हो । काठमाडौँ उपत्यकाको मौसम धुम्म भएका कारण उडान अवतरणमा समस्या आएको हो । काठमाण्डौँको मौसम आज पनि धुम्म रहेको छ ।
मौसम धुम्म भएकै कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण पुनः प्रभावित भएका हुन् । गत सोमबारदेखि कम भिजिबिलिटी भएका कारण विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
आज बिहानदेखि काठमाडौँको मौसम पुनः धुम्म भएका कारण आन्तरिक तर्फका ३१ उडान अवतरणमा समस्या भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
अन्य दिनको जस्तो आज असर नरहेको र मौसममा सुधार हुने बित्तिकै उडान तथा अवतरण नियमित हुने प्रवक्ता सिटौलाको भनाइ छ । भिजिबिलिटी कम हुँदा शनिबार दिउँसो पनि त्रिभुवन विमानस्थलबाट भएका उडान र अवतरण प्रभावित भएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।