दुई ठुला-ठुला मुलुक भारत र चीनको बिचमा छ नेपाल । धर्म संस्कृति रीतिरिवाज तथा सबै हिसाबले चीन भन्दा भारत हाम्रो नजिक छ । भरतसँगको सम्बन्ध जति राम्रो भयो उतीनै हाम्रो देशलाई फाइदा हुने गर्छ । नेपालका प्रधानमन्त्री हरू प्रधानमन्त्री भएपछि सबैभन्दा पहिला भारतको भ्रमण गर्ने गर्छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पनि भारत भ्रमणमा निस्किएका छन् । भारत भ्रमणलाई नेपाली जनताले अर्थ पुर्ण रुपमा हेरेका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । सो भेटमा दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरेका समाचार बहिरिएका छन् । साथै देउवाले मोदीसमक्ष सीमा समस्या समाधानको विषय पनि उठाएका छन् ।
नेपालको सबैभन्दा नजिकको छिमेकी मुलुक भारत भ्रमणका गएका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्रमोदि सँग कस्ता कस्ता विषयमा छलफल गरे भन्ने कुरा नेपाली जनतालाई उत्सुकता हुने गर्छ । धर्म संस्कृति तथा आयत निर्यातका हिसाबले समेत भारत नेपालको सबैभन्दा नजिकको छिमेकी मुलुक हो । यस कारण पनि प्रधानमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिने गर्छ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार औपचारिक भेटवार्ता भएको छ । सो क्रममा प्रधानमन्त्री देउवाले मोदीसमक्ष सीमा समस्याको विषय उठान गरेका छन् ।
दुई देशका प्रधानमन्त्रीबीच भएको भेटवार्ता पछि भएको प्रतिनिधि मण्डल स्तरीय छलफलपछि चारवटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल र भारतबीच अन्तर्राष्ट्रिय सोलार अलायन्स, रेल्वेसम्बन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच प्रविधिक विज्ञता आदानप्रदान रहेका छन् ।
सो क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । हैदरावाद हाउसमा भएको संयुक्त प्रेस सम्मेलनमा सम्बोधन गर्दै देउवाले मोदीलाई भ्रमणको निम्तो दिएका हुन् ।
संयुक्त प्रेस सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा एक दृढ साथी भएको बताए । उनले आफूहरुबीच आपसी सहयोग, विकास परियोजनाको बारे छलफल भएको बताए । मोदीले नेपालका प्रधानमन्त्री देउवा भारतको पुरानो मित्र रहेको दाबी गर्दै नेपाल–भारतको राजनीतिक विकासमा देउवाको उच्च योगदान रहेको टिप्पणी गरे ।
साथै मोदी र देउवाले संयुक्त रुपमा जनकपुर–जयनगर रेल सेवा र सोलु करिडोर प्रसारण लाइनको उद्घाटन गरे । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएसँगै जयनगरबाट रेल नेपालका लागि छुटेको छ ।
रेलसँगै देउवा र मोदीले सोलु करिडोरको प्रसारण लाइन उद्घाटन गरेका थिए ।