काठमाडौं। राजनितीमा विभिन्न घटनाक्रमले चर्चामा आउने पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली फेरि चर्चामा आएका छन् । ओली अहिले राजनिती घटनाक्रमले भन्दा पनि सामान्य परि घटनाले चर्चामा आएका हुन् । ओलीले क्यारामबार्ड खेल्दै गरेको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । चुनावी सरगर्मीसँग देश दौडाहामा रहेका ओलीको क्यारामबोर्ड खेल्दै गरेको भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा ओली धमाधम क्यारामवोर्डको गोटी हाल्दैछन् भने साथमा सुरक्षाकर्मी पनि तैनाथ छन् । भिडियो कहाँको भन्ने जानकारी नभएपनि झट्टहेर्दा कुनै सार्वजनिक कार्यक्रममा उपस्थित भएर उदघाटन गरेको अड्कल काट्न सकिन्छ ।
उसो त खेलक्षेत्रलाई माया गर्ने ओली प्रधानमन्त्री भएकै बखत दशरथ रंगशालामा जर्सि लगाएरै फुटवल खेल्न मैदान उत्रिएका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।