नेकपा एमाले पार्टी परित्याग गर्ने चार जनप्रतिनिधि कारबाहीमा परेका छन् । एक गाउँपालिका अध्यक्ष र तीन वडा सदस्यलाई एमालेले कारबाही गरेर पार्टीबाट निष्कासनको निर्णय गरेको हो ।
बलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष केदार खत्री क्षेत्रीलाई पार्टीबाट निष्काशन गरेको एमालेले तीन वडा सदस्यलाई पनि कारबाही गरेको छ । खत्री गत २४ फागुनमा एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए ।
तुलसीपुर उपमहानगरपालिका-१५ का वडा सदस्य जानुका रेग्मी, वडा-४ की वडा सदस्य डिला परियार, वडा-७ का दीपक कुमाललाई सधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको एमालेले जनाएको छ ।
त्यस्तै उता दैलेखको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्कने भएका छन् । नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटि सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज समेत रहेका अध्यक्ष थापाले एसको कार्यक्रममा सहभागिता जनाउन समेत छोडेका छन् ।
‘केहि दिनमा प्रदेश राजधानीमा हुने एक कार्यक्रममा उहाँ एमालेमा फर्कने निश्चित भएको छ ।’ एमाले स्रोतले भन्यो, ‘उहाँ फर्किएपछि भगवतीमाई पालिकामा नेकपा एमालेको संगठन थप बलियो हुनेछ ।’
अध्यक्ष थापा एमालेमा फर्कने भएपछि एमालेका कार्यकर्ता उत्सािहत भएका छन् । अध्यक्ष थापा मात्रै नभई सोही पालिकाका वडाअध्यक्षहरु समेत एमालेमा फर्कने भएका हुन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।