शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

रुसमाथि जवाफी हमला गर्न युक्रेन तयार : राष्ट्रपति जेलेन्स्की


  • शुक्रबार, चैत्र १८ २०७८
9.9K
SHARES

फाइल तस्विर

काठमाडौं । यदि युद्ध लम्बिदै जाने हो भने रुसमाथि जवाफी हमलाको लागि युक्रेन तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।

रुस र यक्रेनबीच युद्ध जारी भएको आज (बिहिबार) ३६ दिन पूरा भईसके पनि युद्ध रोकिने अवस्थामा पुगेको छैन ।

युद्ध विरामको लागि पटक-पटक दुई देशबीच वार्ता भएपनि कुनै समधान निस्किन सकेको छैन । हालसम्म ४० लाख भन्दा बढी मानिसहरूले युक्रेन छोडीसकेका छन् । त्यस्तै रुसले पटक-पटक परमाणु हतियारको धम्की दिईरहदाँ रुसले दोस्रो चरणको युद्धको तयारी गरिरहेको छ भन्ने बुझ्न सकिन्छ ।

पहिले जेलेन्स्कीले लेखेको चिठ्ठी त्यसपछि रुसमा भएको बिस्फोटबाट रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिन स्तब्ध भएका छन् र भिषण युद्धको चेतावनी समेत दिएको देखिन्छ ।

साेही कुरालाई लिएर जेलेन्स्कीले आफ्नो बयान दिएका छन् । रुसले किभ माथि कब्जा गर्न नसकेपछि रुस स्तब्ध भएको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । रुसको प्रत्येक आक्रमणको जवाफ दिन युक्रेन सधै तयार रहेको उनको तर्क छ ।

युक्रेनसँग युद्धका क्रममा रुसले पटक-पटक परमाणु हतियार प्रयोग गर्ने धम्की समेत दिदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा