सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

अमेरिकी जनताले पुटिनप्रति व्यापक असहमति प्रकट गरिरहेका बेला ट्रम्पले किन निकाले यस्तो विज्ञप्ती ?


  • बिहिबार, चैत्र १७ २०७८
7.7K
SHARES

फाइल तस्विर

वासिङटन । रुसले युक्रेनमा आक्रमण गरेको विषयलाई लिएर अमेरिकी जनताले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति व्यापक असहमति प्रकट गरिरहेकाबेला पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने रुसी नेताको युद्धसम्मको कदमको सकारात्मक ढंगले मुल्याङ्कन गर्न खोजेका छन् । बुधबार जारी गरिएको एक विज्ञप्तिमा ट्रम्पले पुटिनको सैनिक रणनीतिलाई आफूले बुद्धिमानी भनेको भनी प्रचार प्रसार गरेको विषयमा स्पष्ट पारेका छन् ।

उनले विज्ञप्तिमा भनेका छन्, “मैले पुटिनलाई बुद्धिमानको संज्ञा दिए भन्ने झुठो खबर फैलाइयो । वास्तवमा मैले युद्ध सुरु हुनु अघि युक्रेनी सीमा क्षेत्रमा सेना तैनाथ गरिनुलाई बुद्धिमानी भनेको थिएँ । किनभने मैले रुससँग सजिलैसँग आफूले महत्वपूर्ण वार्ता गर्न सकिने सोचेको थिएँ ।

सन् २०२४ मा पुनः अमेरिकी राष्ट्रपतीय चुनावी मैदानमा उत्रिने देखिएका ट्रम्पले पश्चिमी चाहनालाई कमजोर पार्नेगरी सैनिक द्वन्द्वको स्थिति निम्ताउने पुटिनको आफूले किन तारिफ गरेको भन्नेबारे केही पनि बताएको छैन ।

आफूले पुटिनको नियत बुझ्न नसकेको तथ्य पन्छाउने क्रममा पुटिनले युद्ध सुरु हुनुको पछाडि राष्ट्रपति जो बाइडनेको सरकारलाई दोष थोपरेका छन् । उनले बाइडेन सरकारको कमजोर विदेश नीतिलाई सम्बोधन गर्ने क्रममा दुखद र दुर्भाग्यवश पुटिन अलि टाढै पुगेको प्रतिक्रिया व्यक्त गरेका छन् । –याहु न्युजबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा