शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

दुर्गा प्रसाईले यसरी पारे दिउसै रात, एमाले नेता कार्यकर्ताहरुलाई नै बनायो लज्जित !


  • बिहिबार, चैत्र १७ २०७८
10.6K
SHARES

फाइल तस्विर

भक्तपुर । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाइँले एमालेका अध्यक्ष खड्गप्रसाद ओलीलाई समेत झुक्याएका छन् । भक्तपुरमा बुधबार २२ हजार माओवादी कार्यकर्ता प्रवेश गराउने भनेर ओलीलाई झुक्काएर बोलाएको आरोप एमालेकै कार्यकर्ताहरूले लगाएका हुन् ।

एमालेका अध्यक्ष ओली र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नै घरमा मार्सी चामलको भात खुवाएपछि चर्चित बनेका प्रसाइँ माओवादी छाडेर एमालेमा प्रवेश गरेका छन् ।

एमालेमा प्रवेश गरेपछि ओलीलाई ‘बाजे’ भन्दै आएका प्रसाइँले भक्तपुरको सूर्यविनायक नगरपालिका– ८ मा आफ्नो तरकारी बजार उद्घाटनमा माओवादीका २२ हजार कार्यकर्ता एमालेमा प्रवेश गराएको भनेर दिउँसै रात पारेपछि ओली चकित परेको एमाले भक्तपुरका कार्यकर्ताले कानेखुसी गरेका छन् ।

कार्यक्रममा मुस्किलले १ हजार मानिसको उपस्थिति रहेको थियो । १ हजार मानिस उपस्थिति रहेको कार्यक्रममा २२ हजार माओवादीका कार्यकर्ता एमालेमा प्रवेश गरेको भनेर हदैसम्मको झुठको खेती गरेका छन् । एमालेका अध्यक्ष ओलीले समेत १ हजार मानिस उपस्थित रहेको कार्यक्रममा २२ हजार कार्यकर्ता एमालेमा प्रवेश गरेको भनेर झुठ बोलेपछि एमालेकै कार्यकर्ताहरू लाजले लठ्ठै परेका छन् ।

‘आजै २२ हजार प्रवेश गर्दै हुनुहुन्छ, यसले देखाउँछ एमाले कुन ठाउँमा छ’, ओलीले भनेका छन् । २२ हजार प्रवेश गर्ने भनिएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बिभिन्न जिल्लाबाट ४ वटा बसमा ल्याइएका करिब २ सय मानिसलाई मात्र पार्टी प्रवेश गराएका थिए । उनीहरूलाई पार्टी प्रवेशको व्यवस्था माओवादीबाट भोगेर एमाले प्रवेश गरेका भगौडा दुर्गा प्रसाइँले मिलाएका थिए ।

बी एण्ड सी अस्पताल झापाका मालिक प्रसाइँलाई मेडिकल माफिया भन्ने आरोप समेत लाग्ने गरेको छ । चाकडी गर्न प्रसाइँले ३ वर्षदेखि संचालित तरकारी बजारलाई ओलीमार्फत पुनः उद्घाटन गराएका छन् । यो तरकारी बजार ओलीसहित तीन पटक उद्घाटन भइसकेको छ । करीव ३० रोपनीमा फैलिएको तरकारी बजारमा २२ हजार मानिस कसरी अटाए ? प्रसाइँ र ओलीलाई नै थाहा होला ।

झापामा सांसदको टिकट पाउनका लागि आफ्नो प्रभाव देखाउन प्रसाइँले भक्तपुरमा झुठको खेती गरेपछि ओली पनि चकित परेका छन् । ओलीले प्रसाइँलाई एमालेको केन्द्रीय सदस्य बनाइदिएका छन् । ओलीको भजन गाउँदा–गाउँदा प्रसाइँको दिन जाने गरेको छ ।

प्रसाइँबिरुद्ध केही समय अगाडि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मानहानीको मुद्दा समेत दर्ता भएको थियो । मध्यपुर थिमीको निकोसेरामा बस्दै आएका प्रसाइँले त्यस मुद्दामा भने राजनीतिक दबाबका कारण सफाई पाएका थिए । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओली, उपाध्यक्ष सुवास नेम्बाङ्ग, भक्तपुरका सांसद एवं पार्टीका पोलिटब्युरो सदस्य महेश बस्नेत, जिल्ला इञ्चार्ज सोमप्रसाद मिश्रको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा