एजेन्सी । अमेरिकाको धम्कीलाई चीन र भारतले टेडो नजरले पनि नहेरेको खबर बाहिरिएको छ । रुस–युक्रेन तनावका बीच चीन र भारतले मौकामा चौका हानेका हुन् ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि भारत र चीनले रुसबाट पेट्रोलियम पदार्थको आयात बढाएका छन् । यसअघि पनि रुसी तेलको सबैभन्दा ठूलो आपूर्तिकर्ता रहेको चीन र मुख्य आपूर्तिकर्ताको रूपमा रहेको भारतले युद्ध सुरु भएपछि रुसी तेलको आपूर्ति अझै बढाएका इकोनोमिक्स टाइम्सले जनाएको छ ।
अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएपछि रुसले चीन र भारतलाई अझ सस्तोमा पेट्रोलियम पदार्थ दिएको इकोनोमिक्स टाइम्स पत्रिकाले दाबी गरेको छ । युद्धका कारण पेट्रोलियम पदार्थको भाउ बढिरहेका बेला अमेरिकाले रुसी तेलमाथि लगाएको प्रतिबन्धले पेट्रोलियम पदार्थको मुख्य आपूर्ति तथा प्रयोगकर्ता चीन र भारतलाई भने राहत मिलेको छ ।
अमेरिका, बेलायत तथा युरोपेली सङ्घको प्रतिबन्धका कारण रुसले धेरै मात्राको तेल बिक्री गर्न असफल हुने आँकलनका बीच चीन र भारतको आयातले रुसलाई पनि राहत मिलेको छ । यसको असरले अमेरिका, युरोपसहितका देशमा भने पेट्रोलियम पदार्थको भाउ बढ्ने इकोनोमिक्स टाइम्सले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।