शनिबार, साउन ९ २०८३
ताजा अपडेट

न्वारनको नामको चर्को आलोचना भएपछि बोलिन् करिश्मा


  • बिहिबार, चैत्र १७ २०७८
8.8K
SHARES

फाइल तस्विर

काठमाडौं – गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर यतिखेर चर्चाको केन्द्रमा रहेकी छिन् । आफू एमालेमा एउटा नयाँ मान्छे भएको बताएकी उनले सोमबार पहिलोपटक पार्टीको आसभामा भाषण गरेकी थिईन् ।

उनले कपिलवस्तुमा अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा बोल्ने अवसर दिएकोमा आभार प्रकट गरेकी थिइन् । आफु भर्खर छिरेको मान्छेलाई पनि कार्यक्रममा बोल्न अघि सारेको धन्यवाद समेत दिएकी थिइन् ।

उनले भनिन्, यहाँबाट थाहा हुन्छ, यो पार्टीको हृदय कति विशाल छ भनेर । यहाँ नयाँहरुलाई मौका दिइन्छ । यहाँ महिलाहरूलाई मौका दिइन्छ । त्यसैले पनि नेकपा एमाले बनेको रहेछ, ‘आइ एम क्वाइट इम्प्रेस्ड ।’ भाषणको क्रममा अन्त्यमा उनले एउटा नयाँ कुराको खुलासा पनि गरिन् ।

उनले भनिन्, ‘एउटा कुरा रिभिल गरिदिउँ जस्तो लाग्यो, ‘मेरो न्वारनको नाम पनि सुर्जेकुमारी हो है ।’ भाषणको अन्त्यमा करिश्माले नेकपा एमाले जिन्दावाद, केपी ओली जिन्दावाद, भोट केमा सूर्यमा भन्दै नारावाजी समेत गरेकी थिइन् ।

उनले आफ्नो न्वारनको नाम पनि ‘सुर्जेकुमारी’ रहेको भन्दै एमालेको चुनाव चिन्हको प्रचार गरेकी थिइन् ।करिश्माको उक्त भाषण भाइरल भयो र विभिन्न टिकाटिप्पणी पनि भए ।

यस विषयमा उनले आज फेसबुकमा आफ्नो प्रतिक्रिया दिएकी छन् । करिश्माले आफ्नो नाम थाहा पाउँदा धेरैलाई पोलेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सुर्य कुमारी , मेरो न्वारानको नाम थाहा पाउदा धेरैलाई पोल्यो , भिटामिन डी प्राप्त भयो । राम्रो हो ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा