काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई पश्चिम सेती आयोजना निर्माण तत्काल अघि बढाउन अनुरोध गर्दै गाउँले (सुदूरपश्चिमवासी) ले २१ डोको चिट्ठी पठाएका छन् । सुदूरपश्चिमस्थित विभिन्न जिल्लाका झण्डै १ लाख नागरिकद्वारा हस्ताक्षर गरी डोकोमा भरेर ट्रकबाट एक साताअघि नै काठमाडौंमा ल्याइएपनि प्रधानमन्त्रीले सो पत्र बुझ्न समय दिएका छैनन् ।
पश्चिम सेती आयोजना निर्माण निम्ति दबाब दिइरहेको ‘बोलन्या थली’ ले सो पत्र काठमाडौंमा ल्याएको संयोजक यादव जोशीले रातोपाटीलाई जानकारी दिए । समय नमिल्दा प्रधानमन्त्रीलाई बुझाउन नसकेपछि ‘बोलन्या थली’ले पत्र भरिएको डोकोसहित केही दिनयता माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको छ ।
देउवा आगामी शुक्रबार भारत भ्रमणमा जाँदैछन् । उनका स्वकीय सचिव भानु देउवाले सकेसम्म प्रधानमन्त्रीको समय मिलाएर पत्र बुझ्ने व्यवस्था मिलाउने जानकारी दिएका जोशीले बताएका छन् । भारत भ्रमणअघि प्रधानमन्त्रीलाई पत्र बुझाउन भोलि (बिहीबार) १ दिनमात्र बाँकी रहेकाले सकेसम्म पत्र बुझाउने, प्रधानमन्त्रीले पत्र बुझ्न समय नै नदिए उनी भारत भ्रमणबाट फर्किएपछि नयाँ ढङ्गले आन्दोलन अघि बढाउने पनि जोशीको भनाइ छ ।
‘हिजो आशा म¥यो ! आज जवानी मर्दैछ ! भोली सपना मर्नेछ’ नाराबाट शुरू गरिएको पत्रमा प्रधानमन्त्री देउवालाई ‘आश्वासनका २८ वर्ष–पश्चिम सेती कहिले बन्छ’ सोधिएको छ । पत्रमा लेखिएको छ, ‘हामी यता निकाई छौं, तमी पन त्यता निकाई होलाउ भन्या मान्याका छौं । तुहार स्वास्थ्य मजा रही शुभकामना बा । आज पत्र पठाउनुको खास कारण त केही थिएन । तर विगत २८ वर्ष देखिका मेरा आशा र सपनाहरूले एैठन ग¥यो र यो लेख्न बाध्य भएँ । सुदूरपश्चिम प्रदेशको गौरव, आर्थिक सामाजिक रूपान्तरणको वैभव र युवाहरूको सपना हाम्रो ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजनाको निर्माण प्रकृया तत्काल अगाडी बढाउन हार्दिक अनुरोध गर्दछु ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।