शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

देउवा, प्रचण्ड र माधवकै कारण ओली यसरी बन्दैछन् झनै शक्तिशाली !


  • बुधबार, चैत्र १६ २०७८
9.2K
SHARES

तस्विरः फाइल

स्थानिय तहको निर्वाचनको मिती नजिक आइरहेका बेला प्रमुख राजनितीक दलहरु निर्वाचन परिणाम आफ्नो पोल्टामा पार्नका लागी तिब्र दौडधुपमा लागेका छन् । कसरी धेरै भन्दा धेरै ठाउँमा स्थानिय तहमा चुनाव जित्ने भनेर आक्रामक तयारीमा दलहरु लागेका छन् ।

अहिले सम्मको अवस्था हेर्दा स्थानिय तहको निर्वाचनमा एमाले भर्सेस महागठबन्धन बन्ने अवस्था देखिएको छ । परमादेशबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन बनेको सत्तागठबन्धन निर्वाचन सम्मै निरन्तर रहने करिब पक्का जस्तै भएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली काग्रेसको केन्द्रिय कार्यसमिती बैठकले नितिगत रुपमानै गठबन्धन गर्ने निर्णय गरे पछि बिषय थप पेचिलो बन्दै गएको छ । नेपाली काग्रेसका सभापती एवं प्रधानमन्त्री शेरबहादुर देउवा विशेष गरि एमाले अध्यक्ष केपी ओली सँग निकै तर्सिएका देखिन्छन् ।

काग्रेस भित्र शेखर कोइराला पक्षले चुनावी गठबन्धनको विपक्षमा आवाज दिए पनि अन्तत देउवाकै लाइनमा काग्रेसले निर्णय गरेको छ । केन्द्रबाटै आम रुपमा गठबन्धन गर्ने निर्णय नगरे पनि स्थानिय अवस्था र आवश्यकताका आधारमा तालमेल गरिने निर्णय काग्रेसले गरेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल पहिले देखीनै काग्रेस सँग गठबन्धनको पक्षमा दरो लविङमा रहेका थिए, उनीहरुलाई राहत पुग्ने गरि देउवाले निर्णय गराएका छन् । काग्रेस ,माओवादी , नेकपा एसले एमाले हराउँन गठबन्धन गर्ने भए पनि अल्टीमेट्ली यो कुराले एमालेलाई नै फाइदा हुने विश्लेषण गरिएको छ ।

युद्धमा होमिएको कमाण्डरले कस्तो मनोविज्ञान लिएर मैदानमा होमिएको छ परिणाम पनि त्यस्तै आउँछ भन्ने गरिन्छ । काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमै केपी ओलीको पार्टी निकै बलियो रहेको र चुनाव हराउँन नसकिने बताउँदै आएका छन् ।

काग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि पटक पटक एमालेमा पार्टी विभाजको कुनै असर नपरेको भन्दै एमाले बलियो शक्ति भएको बताउँने गरेका छन् । यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले पनि कहिल्यै एक्लै चुनाव जित्न सकिने कुरा गरेका छैनन् ।

एमाले अध्यक्ष केपी ओलीले भने निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर आए पनि एमालेले चुनाव जित्ने भन्दै सार्वजनिक च्यालेन्ज गर्दै आएका छन् । ओलीको कन्फीडन्टले एमाले कार्यकर्तालाई त उत्साहित बनाएकै छ विपक्षीहरुलाई पनि हायल कायल बनाएको छ ।

एमाले अध्यक्ष ओलीले गठबन्धन गर्छु भन्नु आफैमा शक्तिहिनताको उपज भएको भन्दै गठबन्धनवालाहरु सँग एक्लै सामना गर्ने उद्घोष गरेका छन् । आगामी निर्वाचनलाई जनादेश र परमादेश विचको जनतमत संग्रह भन्दै ओलीले जसरी पनि जित निकाल्नै पर्ने बताउँदै आएका छन् ।

विपक्षीहरुलेनै एमाले बलियो छ भन्दै भाषण गर्दै हिँडे पछि उनीहरु भित्रको कमजोर मनोविज्ञान छरपस्ट भएको बताइन्छ । ओलीे देउवा प्रचण्डले भने जती शक्तिशाली छन् कि छैनन् यसै भन्न सकिन्न तर जुन प्यारोमिटरमा ओलीसँग देउवा प्रचण्ड तर्सिएका छन् त्यसले उनीहरुलेनै ओलीलाई थप शक्तिशाली बनाएको र जनतामा पनि त्यहि खालको भाइब्रेसन संचार भएको एक राजनितीक विश्लेषकले जिकिर गरे ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा