शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पूर्व प्रहरी रमेश खरेल बल्ल उत्रिए चुनावी मैदानमा, चुनाव लड्ने क्षेत्रको लगाए टुङ्गो


  • बुधबार, चैत्र १६ २०७८
14.8K
SHARES

काठमाडौं । सेलिब्रेटी छवि बनाएका पूर्व प्रहरी रमेश खरेल आसन्न स्थानिय चुनावमा मैदानमा उत्रने भएका छन् । नेपाल सुशासन पार्टीका अध्यक्ष समेत रहेका खरेलले काठमाडौं महानगरपालिकाको मेयर उठ्ने तयारी गरेका हुन्।

नेपाल प्रहरीका पूर्वडिआइजी रहेका खरेलले यसबारे पार्टीभित्र आन्तरिक छलफल समेत गरिरहेका छन्। वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्नेबारेमा खरेल सकारात्मक रहेको बताइएको छ।

खरेल आफैंले औपचारिक निर्णय नभए पनि काठमाडौंको मेयर उठ्ने विषयलाई नकार्न नसकिने बताए। ‘साथीभाइसँग पार्टीभित्र पहिले छलफल गर्छु, अहिले निर्णय भएको केही पनि छैन,’ उनले भने, ‘नकार्न चाहिँ सकिँदैन।’

गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए। त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन्। खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए।

सरकारले अर्का डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए। अभियानलाई पार्टीमा रूपान्तरण गरेका खरेल प्रहरीमा सेलिब्रिटी छवि बनाएका भ्रष्टाचारविरोधी अभियन्ता हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा