शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

करिश्मा मानन्धरः ‘बा’ को छेउमा बस्नेबित्तिक्कै नाम र पद नै भयो परिवर्तन


  • बुधबार, चैत्र १६ २०७८
11K
SHARES

काठमाडौं । हिजो दिउँसो कपिलवस्तुमा एमालेले अन्य राजनीतिक दलका केही नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएको छ । कार्यक्रममा सहभागी हुन बिहान एमाले अध्यक्ष केपी शर्मा ओली १५ सदस्यीय टोलीलाई लिएर त्यता जानुभएको थियो ।

टोलीमा अन्य नेतासँगै गत साता एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर पनि थिइन् । सांसद बृजेशकुमार गुप्तासहितको टोलीलाई पार्टी प्रवेश गराउने कार्यक्रमको मञ्चमा उनै मानन्धर पनि बसेकी थिइन् ।

अरुलाई झैं मानन्धरलाई पनि बोल्न पोडियममा बोलाइयो । बोल्ने क्रममा उनले आफ्नो साँच्चिकै नाम सूर्यकुमारी भएको बताइन् । उनले न्वारनमा राखिएको नाम सूर्य कुमारी भएको जानकारी गराउँदै भनिन्, ‘आकाशको सूर्यले सोलार सिस्टम धानेको छ । नेपालमा पनि सूर्यले नै धान्ने छ ।’

एमालेले महिलाहरु र नयाँलाई चान्स दिएको उल्लेख गर्दै भनिन्,‘यसबाट पनि थाहा हुन्छ यो पार्टीको हृदय कति विशाल छ ।’ त्यसअघि पार्टी नेताहरुलाई सम्बोधन गर्ने क्रममा उनले विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई वरिष्ठ महासचिव भनेर सम्बोधन गरेकी थिइन् । जनआस्थाबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा