शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रुसी सेनामाथि लाग्यो गम्भीर आरोप, विश्वभर तरङ्ग


  • मंगलबार, चैत्र १५ २०७८
9.6K
SHARES

फाइल तस्विर

काठमाडौँ – रुस र युक्रेनबीच युद्ध भइरहेको छ । युक्रेन पुगेर हमला गरिरहेको रुसी सेनामाथि गम्भीर आरोप लागेको छ । युरोप काउन्सिलको संसदीय सभामा युक्रेनको प्रतिनिधिमण्डलकी प्रमुख मारिया मेजेन्तसेवाले रुसी सेनाले महिलामाथि बलात्कार र यौन दुर्व्यवहार गरेको दाबी गरेकी छिन् ।

​स्काइ न्यूजसँगको एक अन्तर्वातामा उनले भनिन्, ‘त्यहाँ एउटा मुद्दा छ, जुन हालै धेरै चर्चा गरिएको थियो किनभने यो अभियोजनकर्ताको कार्यालयमा रेकर्ड गरिएको र अगाडि बढिरहेको छ ।

हामी विवरणहरूमा जाँदै छैनौँ । तर, यो एकदम डरलाग्दो दृश्य हो । राजधानी किभनजिकै एउटा सहरमा एक नागरिकलाई उसको घरमा गोली हानेर मारिएको थियो । ’

उनले अगाडि भनिन्, ‘मलाई यो भन्न दुःख लागिरहेको छ कि उनलाई साना बच्चाहरुकै अगाडि बलात्कार गरिएको थियो ।

मादक पर्दाथले उत्तेजित सिपाहीले परिवारको घरमा पसेपछि श्रीमानको हत्या गरेको र आफ्नी पत्नीलाई बारम्बार बलात्कार गरेको युक्रेनका अभियोजनकर्ता जनरल इरिना भेनेदिक्टोभाले बताएका छन् । अभियोजनकर्ताले सार्वजनिक गरेको यो एउटा मुद्दाभन्दा पनि धेरै पीडितहरू छन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा