शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चिनियाँ विदेशमन्त्रीको भ्रमणमा अहिलेसम्मका कुनै पनि सरकारले उठाउन नसकेको यस्तो मुद्धा देउवा सरकारले उठाएको खुलासा !


  • मंगलबार, चैत्र १५ २०७८
8.5K
SHARES

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणमा नेपाल–चीन सीमामा देखिएको समस्याबारे छलफल भएको छ। नाकामा चिनियाँ पक्षबाट भइरहेको अवरोध, हुम्लालगायत ठाउँको सीमा विवादलगायत समग्रमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले सीमामा देखिएको समस्याबारे चिनियाँ विदेशमन्त्रीको भ्रमणमा कुराकानी भएको बताइन्।

२० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ विदेशमन्त्री वाङ चैत ११ गते तीन दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएका थिए। चैत १२ गते परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग द्विपक्षीय वार्तामा सीमा समस्याको कुरा उठेको हो।

कोभिडलाई देखाएर चीनले तातोपानी नाकामा अवरोध गरेको छ। निर्वाधरुपमा आवतजावत हुन सकेको छैन। त्यसैगरी केरुङ नाकामा पनि चिनियाँले कडाई गरेका छन्। अर्कोतिर हुम्लाको सीमा क्षेत्र मिचिएको भन्दै रिपोर्टहरु बाहिर आएका छन्। यीसहित चीनसँग जोडिएका अन्य सीमाबारे पनि छलफल गर्न संयुक्त बैठक गर्ने सहमति द्विपक्षीय वार्तामा क्रममा भएको थियो।

‘चिनियाँ भ्रमणमा तातोपानी नाका खोल्ने कुरा द्विपक्षीय वार्तामा आएको छ। नाका सुचारू गराउने कुरा हो,’ प्रवक्ता लम्सालले भनिन्, ‘कोभिडले नाकामा अवरोध भयो। चिनियाँ समकक्षीले सहज बनाउने कुरा भयो। छिमेकी सम्बन्ध सहज बनाउने कुरा भयो।’

लम्सालले चिनियाँ प्रतिनिधिमण्डलसँग सीमा समस्याबारे छलफल भएको उल्लेख गर्दै भनिन्न, ‘सीमाको छलफल भएको हो। उपयुक्त समयमा नेपाल–चीन सीमा बैठक बस्छ। हुम्लामात्र होइन ओभरअलमा नै सीमा समस्याबारे कुरा हुन्छ।’ नेपाल–चीन सीमा बैठक नबसेको लामै समय वितिसकेको छ।

उनले बीआरआईमा तयारी नपुगेकाले एमओयू हुन नसकेको बताइन्। ‘बीआरआईमा हस्ताक्षर गरिसकेकाले हामी सदस्य हो। अहिलेको भिजिटमा पर्याप्त तयारी भएन। सम्झौता गर्नेगरी द्विपक्षीय रूपमा तयारी हुन सकेन। तयारी नपुगेको हो। तर हामी पन्छिने भन्ने होइन। यसपालि नै सम्झौता हुन सकेन,’ उनले भनिन्।

उनले चीनसँग नेपाली विधार्धीको कुरा पनि उठेको बताइन्। ‘हाम्रो प्राथमिकतामै थियो। छलफल भयो। यसलाई छिटोभन्दा छिटो सहजीकरण गर्ने कुरा भएको छ,’ उनले भनिन्।

चिनियाँ विदेशमन्त्रीको भ्रमणले कोभिडको कारणले आवतजावत कम भएको बेला कुटनीतिक भ्रमण रिक्ततालाई हटाउने काम गरेको उनको भनाइ छ। ‘९ वटा वार्ता भइसकेको छ। वार्ता असाध्यै महत्त्वपूर्ण थियो। भ्रमणलाई विभिन्न आयाम पारस्परिक हितलाई केन्द्रीत राखेर भयो। उच्च प्राथमिकता र महत्व दिएका छौं। द्विपक्षीय सम्बन्धका कुरा, कृषि पर्यटनलगायत विषयमा बहुआयामिक कुराकानी भयो,’ उनले भनिन्।

भ्रमण आदानप्रदान बढ्यो

मन्त्रालयले कोभिड महामारीले रोकिएको द्विपक्षीय कुटनीतिक भ्रमणहरु बढेको र यसलाई नेपालले प्राथमिकतामा राखेको जनाएको छ। प्रवक्ता लम्सालले नेपाल र अन्य देशबाट भ्रमण अदानप्रदान बढेको बताइन्।

उनले परराष्ट्रमन्त्री खड्का टर्कीको अन्ताल्यमा आयोजित कुटनीतिक मञ्चमा सहभागी हुनु ग्लोबल पोलिटिक्सका हिसाबले महत्त्वपूर्ण रहेको बताइन्। नेपालले रिकोर्डिङ डिप्लामेसीमा जोड दिएको उनको भनाइ छ। भ्रमणका क्रममा टर्कीका प्रधानमन्त्री र समकक्षीसँग भेट भएको उनले जानकारी दिइन्। उनकाअनुसार युएईको अर्थमन्त्री र बहराइनका समकक्षीसँग पनि साइडलाइन भेटवार्ता भएको र द्विपक्षीय सम्बन्धको कुरा भएको थियो।

त्यस्तै फागुन अन्तिममा नेपाल आएका साउदी अरेबियाका विदेशमन्त्री तथा राजकुमार फैसल बिन फरहान अल साउदको भ्रमणलाई परराष्ट्रले नेपालका लागि उच्च महत्वका रुपमा लिएको छ। खाडीको सुपर पावर साउदीबाट परराष्ट्रमन्त्री स्तरमा भएको यो पहिलो भ्रमण हो। ‘यो उच्चस्तरमा भएको भ्रमण थियो। उहाँ आउनु भनेको नेपाललाई उच्च महत्वमा राख्नु हो,’ प्रवक्ता लम्सालले भनिन्।

त्यस्तै चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमण, परराष्ट्रमन्त्री खड्काको श्रीलंका यात्रा, आसन्न प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय कुटनीतिक आदानप्रदान बढेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नेपाल र बंगलादेशबीच परराष्ट्र सचिवस्तरीय वार्ता आगामी ११ तारिखदेखि पोखरामा हुने जानकारी दिएको छ। त्यसका लागि आवश्यक गृहकार्य भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले पलाउ र दक्षिण सुडानसँग नेपालको दौत्य सम्बन्ध कायम भएको र कुटनीतिक सम्बन्ध कायम हुने देशको संख्या १७५ पुगेको जानकारी दिएको छ। साथै दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयसँग त्रिपक्षीय परामर्श संयन्त्र निर्माण गरेको जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा