काठमाडौं । उमेर नपुगेकी किशोरीमाथि बलात्कार अभियोग लागेका पल शाहले जिल्ला अदालत तनहुँको आदेश बदर माग गर्दै उच्च अदालत पोखरामा रिट दायर गरेका छन् । जिल्ला अदालत तनहुँको थुनछेक आदेश त्रुटिपूर्ण रहेको दाबी गर्दै शाहले उच्च अदालतमा निवेदन दर्ता गराएका हुन् ।
तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा मंगलबार रिट दायर गरेको अदालतका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।
चैत १० गते जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । शाहले गत फागुन १५ गते तनहुँ प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।
विवाहको प्रलोभनमा पारी शाहले आफूलाई पटकपटक जबरजस्ती गरेको भन्दै पीडित किशोरीले गैंडाकोट र तनहुँ प्रहरीमा छुट्टाछुट्टै रिट दायर गरेकी थिइन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।