नेपाली सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा झन्डै दुई सयको संख्यामा कर्मचारी माग गरेको छ।
लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरी ४० जनाको माग भएको छ भने चार जना प्राड उपसेनानी माग भएको हो। यस्तै चार जना पाइलट उपसेनानी पनि माग भएको सेनाले जनाएको छ। समाचार बाचक, सम्पादकसहित विभिन्न ट्रेडका प्राविधिक अधिकृत गरी सेनाले एक सय ९४ जना माग गर्दै आज आवेदन खुला गरेको हो।
आजदेखि ०७९ वैशाख १३ गतेसम्म इच्छुकले आवेदन दिन सक्नेछन्। फारम बुझाउँदा दस्तुर भने एक हजार रूपैयाँ लाग्नेछ। उपसेनानीका लागि सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।
पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु.१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।