शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

गगन थापाले फेरि माग्ने कुरा गरे


  • सोमबार, चैत्र १४ २०७८
5K
SHARES

फाइल तस्विर

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फेरि माग्ने कुरा गरेका छन् । महामन्त्री थापाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएको दिन चीनसँग ७० अर्ब र भारतसँग ८० अर्ब माग्नुपर्ने भनेपछि उनको खुब आचोचना भएको थियो । यसैबीच, थापाले नेपाललाई पूर्वाधारको क्षेत्रमा लगानी चाहिएको बताएका छन्।

आइतबार १० औँ गैर आवासीय नेपाली विश्व सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेपालमा अबको आठ, दश वर्ष पूर्वाधारको क्षेत्रमा ठूलो लगानी चाहिएको बताए।

उनले नेपालको कृषि बजारमुखि हुने र मानिसहरुलाई बाहिर पठाउनाले पनि अर्थतन्त्रमा असर परिरहेको स्पष्ट पारे। आन्तरिक स्रोतको परिचालनले मात्रै पूर्वाधारको विकास गर्न नसकिने भन्दै महामन्त्री थापाले बाह्य लगानी भित्र्याउनुपर्ने बताए। पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि विकास हुनुपर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले भने, ‘हाम्रो कृषि बजारमुखि हुने, हाम्रो मानिसहरुलाई निर्यात गरेर बाहिर पठाउने, सामान आयात ल्याएर चलाउने। यो धन्दा मात्रै चलाइ राखेर हामीले जति कुरा गरे पनि हाम्रो अर्थतन्त्रको चरित्र जस्ताको तस्तै राखेर हाम्रो देशको अवस्था बदलिनेवाला छैन। यसलाई बदल्ने कुरा हो। कृषिको क्षेत्र उद्योगमा नगएर सेवामा गएको छ। अब ८÷१० वर्ष ठूलो लगानी हामीलाई पूर्वाधारमा चाहिएको छ।’

महामन्त्री थापाले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न दिनुपर्ने बताए। गैर आवासीय नेपालीहरुको लगानीसँग नेपालीहरु डराउनु नहुने उनले बताए। उनीहरुलाई नेपालमा लगानी गर्न दिनका लागि नेपालका नेतृत्वले आत्मविश्वास देखाउनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले नेपालीले गैरआवासीय नेपालीहरुको लगानीलाई आशंकाको दृष्टिले हेर्न नहुने बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा