काठमाडौंको बल्खुमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एकजना प्रहरी जवानको मृत्यु भएको छ । सोही दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा धादिङ घर भई हाल महानगरीय प्रहरी वृत्त चापागाउँमा कार्यरत प्रहरी जवान नविन न्यौपाने रहेका छन् । गम्भीर घाइते भएका न्यौपानेको उपचारको क्रममा सानेपा स्थित स्टार अस्पतालमा राती सवा २ बजे मृत्यु भएको हो ।
दुर्घटनामा घाइते हुनेमा तनँहुको आबु खैरेनी घर भई हाल महानगरीय प्रहरी वृत्त सातदोबाटोमा कार्यरत प्रहरी जवान सुमन कुमार सिंह रहेका छन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
न्यौपाने र सिंह सवार रहेको बा ८३ प ८९८५ नम्बरको मोटरसाइकल गएराती सवा १ बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
यसैगरी काठमाडौंको गौशालामा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । चाबहिलबाट सिनामंगल तर्फ जाँदै गरेको बा २० च ७१२९ नम्बरको कारले आज बिहान करिब साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
कारको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उपचारको क्रममा मृत्यु बिहान पौने आठ बजेतिर भएको थियो । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । तस्विर: फाइल
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।