सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

पूर्व युवराज पारस शाहको निजी कारको फोटो किन खिच्न पाइँदैन ?


  • आइतबार, चैत्र १३ २०७८
15.3K
SHARES

काठमाडौं – पूर्व युवराज पारश शाह अरु राज परिवारका सदस्य भन्दा निक्कै फरक शैलीका छन्। यहि फरक शैलीका कारण पनि बेला बेलामा चर्चामा आउने गर्छन्। बाहिरबाट उनको स्वभाव नराम्रो देखिए पनि भित्रबाट उनी निकै मिलनसार भएका उनका नजिकका साथीहरु बताउने गर्दछन्।

पारश शाहाको जन्म वि:स २०२८ सालमा राजा ज्ञानेन्द्र शाहा र रानी कोमल राज्य लक्ष्मी शाहाको कोखबाट भएको थियो। उनी ज्ञानेन्द्रका एक्ला छोरा हुन्। उनकी एक बहिनि छिन्। उनि २८ वर्षको हुँदा हिमानी शाहसँग विवाह गरे। अहिले उनका ३ वटा सन्तान रहेका छन्।

बेला बेलामा विभिन्न कारण समाचारको हेड्लाइन बन्ने पारश आजकल निकै साधु सन्तको भेषमा देखिन्छन्। यति मात्र हैन कि उनले राजा बन्न पनि मन नभएको भनेर उनले एक अन्तरवार्तामा भनेका थिए।

पारश शाहाका पिता पूर्व राजा ज्ञानेन्द्र शाहको भने निक्कै सम्पत्ति रहेको छ। उनि एक व्यपारी पनि हुन्। तर पारश भने अरु भन्दा निकै फरक भएका कारण उनलाई यो सम्पत्ति पैसा भन्दा पनि प्रकृतिसँग रमाउने र आफु खुल्लारुपले हिँड्न पाए पुग्छ भन्ने मनासाय भएका कारण नै उनीसँग धेरै सम्पति छैन।

किन खिच्न पाइँदैन कारको फोटो ?

उनको नाममा भएको सम्पत्ति भने एउटा बाइक छ। जुन बाइकको मूल्य नेपाली बजारमा ६० लाख रहेको छ। त्यसका साथै एउटा अपार्टमेन्ट रहेको छ। अनि आज सम्म पनि सायद थोरै मानिसलाई थाहा भएको कुरा भनेको उनको एउटा गाडि रहेको छ। जुन कुरा धेरैलाइ थाहा छैन।

त्यो गाडिको नाम भनेको ट्राइफ स्पिटफायर १५०० हो। जस्सको आज सम्म फोटो कसैले पनि खिच्न पाएको छैन्। एक पटक नागरिक दैनिकका पत्रकारहरुले बाटोमा गुडेको समयमा राम्रो लागेर यत्तिकै खिचेका थिए तर पछि उनका बडिगार्ड आएर त्यो फोटो डिलिट गर्न लगाएका थिए ।

त्यसरी फोटो किन डिलिट गर्न लगाए भनेर पत्रकारहरू छक्क परे। उनीहरुले पक्का पनि त्यो गाडि ठुलै मान्छेको हो भनि शंका लागेर फोटो रिट्राप गरेर हेर्दा त्यस गाडिमा पारश शाह थिए। मानिसले नचिने पनि उनलाई क्यामराले चिनिसकेको थियो।

तर उनी सवार त्यो गाडिको फोटो किन खिच्न पाइदैन भन्ने कुरा आज सम्म कतै पनि केहि कारण नभएको बताइन्छ। उनको त्यो गाडीको फोटो अहिलेसम्म त्यही एउटा मात्र छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा