शनिबार, साउन ३० २०८३
ताजा अपडेट

मैले राजालाई छोडेको हैन, राजाले मलाई छाडेका हुन् : कमल थापा


  • शुक्रबार, चैत्र ११ २०७८
11.6K
SHARES

तस्विरः फाइल

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूले राजसंस्थाको एजेण्डा छाडेको नभई पूर्वराजा ज्ञानेन्द्र शाहले आफूलाई छाडेको बताएका छन् । ‘वास्तवमा मैले राजसंस्था छाडेको भन्दा पनि राजाले मलाई छाडेको भन्नु उपयुक्त हुन्छ’ थापाले एक भिडियोमार्फत भनेका छन् ।

उनले २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि देश गणतन्त्रमय हुँदा आफूले राजसंस्थाको एजेण्डा अघि सारेको स्मरण गरेका छन् । तर, राप्रपाको एकता महाधिवेशनका क्रममा पूर्वराजा र निर्मल निवास आफ्नो राजनीति नै सिध्याउने ढङ्गले उत्रिएको थापाको भनाइ छ ।

उनले पूर्वराजाले आफू विरुद्ध किन यति ठूलो कठोर कदम चाले भन्नेबारे कुनै बेला मौका पाए ज्ञानेन्द्र शाहलाई सोध्ने पनि बताएका छन् । २०६२–०६३ सालको राजनीतिक परिवर्तनपछि जब सिङ्गो देश गणतन्त्रमय भएको थियो । त्यस अवस्थामा ज्यान हत्केलामा राखेर मैले राजसंस्थाको एजेण्डा बोकेर हिँडे । त्यसको पुरस्कार स्वरूप राप्रपाको एकता महाधिवेशनमा मेरो राजनीतिक जीवनलाई सदैव समाप्त पार्ने गरी निर्मल निवासले नाङ्गो हस्तक्षेप गर्‍यो’, थापाले भने, ‘आखिर निर्मल निवासले मविरुद्ध यति कठोर कदम किन चाल्यो कुनै दिन मौका पाएँ भने राजा (पूर्वराजा ज्ञानेन्द्र शाह)लाई यसबारे अवश्य सोध्नेछु ।’

सो घटनापछि आफूले सोचाइमा पुनर्विचार गर्नुपर्ने आवश्यकता महसुस गरेको उल्लेख गर्दै अहिले लोकतन्त्र, हिन्दु राष्ट्र र समृद्धिको एजेण्डा बोकेर हिँड्नुपरेको थापाको भनाइ छ । उनले १५ वर्षको राजनीतिक अभ्यासका क्रममा राजनीतिक दल र जनतासँग सम्बन्ध सुधार तथा विश्वास जित्ने बारेमा निर्मल निवासबाट कुनै सकारात्मक काम हुन नसकेको पनि थापाले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा