शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देउवाइतर समूहको नेता म हुँ : रामचन्द्र पौडेल


  • शुक्रबार, चैत्र ११ २०७८
14.2K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संस्थापन इतरको नेता आफू भएको दाबी गरेका छन् । गएको महाधिवेशनमा संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि महाधिवेशनमा भाग नलिई मौन बसेका नेता रामचन्द्र फेरी काँग्रेस भित्र सक्रियता देखाउन थालेका छन् ।

रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाइतर समूहको नेता आफू भएको दाबी गरेका हुन । केन्द्रीय समितिको बैठक अघि आफू निकट जिल्ला सभापतिहरूलाई बोलाएर उनले संस्थापनइतर नेता–कार्यकर्ताको संरक्षण आफूले गर्ने समेत बताएका हुन् ।

नेता पौडेलले छुट्टै समूहको नेतृत्व गर्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । महाधिवेशनमा मौन रहेपछि निस्कृय बन्दै आएका नेता पौडेल आगामि दिनमा संस्थापन ईतरको नेतृत्व आफुले गर्ने दावी गर्दै सबैलाई सहयोग गर्न समेत बताएका हुन् ।

बैठकमा पौडेलले स्थानीय तह निर्वाचनमा कसरी गठबन्धन गरेर अघि बढ्ने भन्नेबारेमा सभापतिहरूसित सल्लाह मागेको बताइएको छ।नेता पौडेल काँग्रेस राजनीतिमा सक्रिय बन्ने उद्देश्य सहित जिल्ला सभापतिहरू सँग छलफल गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा