शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

केपी ओली राजावादी हुन, उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गर्छन : माधव नेपाल


  • शुक्रबार, चैत्र ११ २०७८
9.2K
SHARES

समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सुटुक्क पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा पुग्ने गरेको आरोप लगाएका छन् । आगामी चुनावमा साँठगाँठ गर्न ओली ज्ञानेन्द्रकहाँ पुग्ने गरेको नेपालको आरोप छ ।

आज चाबहिलमा आयोजित महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले भने, ‘उनी सुटुक्क ज्ञानेन्द्र निवासमा पुग्ने गरेका छन् । राप्रपासँग साँठगाँठ गर्न खोजेका छन् । विदेशीहरुको दलाली गर्ने पार्टीसँग तालेमेल मिलाउन खोजिरहेका छन् । किनभने उनी दक्षिणपन्थी शक्ति हुन् । दक्षिण पन्थीहरु दक्षिणपन्थी शक्तिसँग मिल्छन् ।’

आफूहरु भने वामपन्थी र लोकतान्त्रिक शक्ति भएको दाबी उनले गरे । त्यसैले लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिसँग मिलेर चुनावमा जाने उनले बताए । त्यसअघि संगठन निर्माण गर्न र आफ्नो हैसियत कायम गर्न उनले कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले भने, ‘पहिले तपाईंहरु आफ्नो शक्तिमाथि भरोसा गरेर, संगठन निर्माण गरेर, आफ्नो हैसियत कायम राखेर अघि बढ्नुस् । आफ्नो हैसियत नभएकालाई कसैले पत्याउँदैनन् ।’

उनले आगामी चुनावमा कांग्रेससँग गठबन्धन गर्ने उनले बताए । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणाले पनि गठबन्धनको कुरा गरेको भन्दै उनले खुसी व्यक्त गरे ।

अब कांग्रेसको केन्द्रीय समिति बैठकले चुनावमा गठबन्धन गर्ने भनेर औपचारिक निर्णयलाई आफूहरुले कुरेको नेता नेपालले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा