शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले जाने हल्ला मात्र : माधव नेपाल


  • शुक्रबार, चैत्र ११ २०७८
12K
SHARES

तस्विरः फाइल

प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमालेमा जाने हल्ला चलेपछि एककृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यो मात्र हल्ला भएको बताएका छन् । केही दिन अघि प्रेम आले र कृष्णकुमार श्रेष्ठले एमाले अध्यक्ष ओली सँग भेटेको र पुन एमालेमै फर्कने हल्ला चलेपछि अध्यक्ष नेपालको धारणा आएको हो । नेपालले एमालेमा जाने हैन समाजवादीमा एमालेका साथीहरू आउने क्रम चलिरहेको समेत दाबी गरेका छन् ।

नेपालले दुईमन्त्री प्रेम आले र कृष्णकुमार श्रेष्ठ एमाले प्रवेश गर्न हल्ला मात्र भएको पटक पटक जिकिर गरे । ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले झुटा प्रचार गर्न खप्पिस भएकाहरुले हल्ला मात्र चलाएको बताए । उनले भने, ‘मन्त्रीहरु प्रेम आले र कृष्ण कुमार श्रेष्ठ मध्यरातमा बालकोट पुगे, एमाले प्रवेश गर्ने भनेर हल्ला चलाइयो । अब त्यो भ्रम पनि रहेन ।’

नेपालले अहिले एमाले छाड्ने र नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नेहरुको लहर चलेको दाबीसमेत गरे । ‘अहिले भर्खरै मात्रै एमाले परित्याग गरेकाहरुलाई केन्द्रीय कार्यालयमा शपथ ग्रहण गराएँ । यसरी एमालेबाट हाम्रो पार्टीमा प्रवेश गर्नेहरुको लहर चलेको छ,’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा