शनिबार, साउन ९ २०८३
ताजा अपडेट

१६ वर्षीय किशोरले ह्याकिङबाट कमाए १ करोड ४० लाख डलर !


  • शुक्रबार, चैत्र ११ २०७८
10.6K
SHARES

फाइल तस्विर

वेलायतको अक्सफोड निवासी एक १६ वर्षीय किशोरलाई कुख्यात साइवर अपराध समूह ‘ल्याप्ससडलर’ का नाइकेमध्ये एकको भूमिका निभाउँदै आएका छन् । प्रतिद्वन्द्वी ह्याकर र अनुसन्धानकर्ताले ह्याकिङबाटै ती किशोरले १ करोड ४० लाख अमेरिकी डलर जम्मा गरिसकेको बताएका छन् ।

लन्डन नगर प्रहरीले ह्याकिङमा संलग्न सातजना किशोरलाई गिरफतार गरेको बताए पनि तिनीहरूमा यी किशोर पनि परेका छन् कि छैनन् भन्ने स्पष्ट पारेको छैन । ती किशोरका पिताले उनका कामबाट आफू निकै चिन्तित रहेको तथा आफूले सकेसम्म उनलाई कम्प्युटरबाट टाढै राख्ने प्रयास गरिरहेको बीबीसीलाई बताएका छन् ।

सुस्त मनस्थितिको समस्याबाट पीडित ती किशोर दक्षिण अमेरिकामा रहेको विश्वास गरिएको ल्याप्ससडलर ह्याकिङ टोलीमा संलग्न रहँदै आएको बताइएको छ । वान्नावी र्‍यानसमवेयर ग्रुपको नामले पनि चिनिने ‘ल्याप्ससडलर’ले माइक्रोसफ्ट जस्तो चर्चित कम्पनीमा समेत ह्याकिङ गरी अनलाइनमार्फत आफ्नो सफलताबारे धक्कु लगाउने गरेको थियो ।

कानुनी प्रावधानका कारण यी किशोरको नाम सार्वजनिक गरिएको छैन । उनले अक्सफोर्डमा विशेष शैक्षिक विद्यालयमा अध्ययन गरेका थिए ।

उनका पिताले बीबीसीलाई भनेका छन्, “मैले हालसालै मात्र उनको हयाकिंग करतुतबारे सुनेको हुँ । उनले ह्याकिङबारे कहिल्यै कुरा गर्ने गरेको थिएनन् । तर, उनी कम्प्युटरमा निकै सिपालु छन् । उनले कम्प्युटमा धेरै समय बिताउँथे । मैले सँधैं उनी भिडियो गेम खेलिरहेको भन्ने ठान्थें ।”

अन्य ह्याकरहरूले उनको नाम, ठेगाना र समाजिक संजालका तस्बिरहरु सार्वजनिक गरेका हुन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा