शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य !


  • शुक्रबार, चैत्र ११ २०७८
16.3K
SHARES

फाइल तस्विर

फेरी पेट्रोलको मूल्य बढेको छ  । यो खबर नेपालको भने हैन । भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । शुक्रबार भारतीय तेल मार्केटिङ कम्पनीहरूले फेरि मूल्य बढाएका छन्। दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर भारु ८० पैसाले बढेको छ। यसअघि मंगलबार पनि पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रुपमा बढेको थियो। पछिल्लो चार दिनभित्र पेट्रोल र डिजेलको मूल्य २.४० भारुले बढेको छ।

यो बढेको मूल्यसँगै देशको राजधानी दिल्लीमा पेट्रोलको मूल्य ९७.८१ रुपैयाँ र डिजेलको मूल्य ८९.०७ रुपैयाँ प्रतिलिटर पुगेको छ। मुम्बईमा पेट्रोलको मूल्य ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य ११२.५१ रुपैयाँ प्रतिलिटर भएको छ। चेन्नईमा ७६ पैसाले बढेर १०३.६७ प्रति लिटर पुगेको छ।

पेट्रोल र डिजेलको मूल्य राज्य अनुसार फरक हुन्छ किनभने स्थानीय कर दरहरू राज्य अनुसार फरक हुन्छन्। जसको आधारमा इन्धनको मूल्यमा पनि फरक आउँछ।

मुडीज इन्भेष्टर्स सर्भिसले बिहीबारको एक रिपोर्टमा भारतका प्रमुख तेल कम्पनीहरू आईओसी, बीपीसीएल र एचपीसीएलले नोभेम्बर र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा तीव्र वृद्धि भए पनि पेट्रोल र डिजेलको मूल्य बढ्न नदिइ यथावत राखेको बताएको छ। जसका कारण विगतमा कम्पनीहरूले करिब २ अर्ब २५ करोड अमेरिकी डलर घाटा बेहोरेका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा