शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एमालेबाट उमेदवार बन्न आयो यस्तो मापदण्ड, नेताको चाप्लुसी गरेर टिकट पाउँने दिन गएकै हाे त ?


  • बिहिबार, चैत्र १० २०७८
9.9K
SHARES

फाइल तस्विर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानिय तहको निर्वाचनमा कुनै पनि हालतमा जित निकाल्नै पर्ने दबावमा काम थालेको छ । एमालेले स्थानिय तहको निर्वाचनमा उमेदवार बन्नका लागी पनि मापदण्ड निर्धारण गर्ने भएको छ ।

एकसाथ देशभरका पार्टी कमिटीलाई चलायमान बनाएको एमालेको काठमाडौँमा जारी केन्द्रिय कमिटीको बैठकमा स्थानिय तहको निर्वाचनमा विजयको सुनिश्चितता हुने गरि उमेदवार छनोटको मापदण्ड तयार गर्ने योजना बनाएको छ ।

एमाले अध्यक्ष ओलीले स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर पाँचै दल आए पनि एमालेले बहुमत ल्याउँन सक्ने हिसाब सहित प्रतिवेदन पेस गरेका छन् । यस चुनावलाई जनादेश र परमादेश बिचको जनमत संग्रहका रुपमा ओलीले अर्थाएका छन् ।

एमालेले स्थानीय तहको उम्मेदवार चयनका लागि प्रारम्भिक रुपमा ६ वटा मापदण्ड तय गरेको छ ।कार्की ब्यांक्वेट काठमाडौंमा जारी केन्द्रीय कमिटी दोस्रो दिनको बैठकमा उम्मेदवार सिफारिस र चयनका बारेमा ६ वटा प्रारम्भिक मापदण्ड तय गर्दै एमालेमा छलफल सुरु भएको हो ।

जसअनुसार एमालेबाट स्थाीिय तहको उम्मेदवार हुनका लागि पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्धता भएको हुनुपर्ने, निर्वाचित प्रतिनिधिहरुको कामको मुल्यांकनको आधार लिनुपर्ने, व्यक्तिगत लोकप्रियता र विजयको सुनिश्चितता देखिनुपर्ने, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा कायम राखिरहेको हुनुपर्ने, कार्यक्षमता, एव सुशासन र विकास प्रतिको दृष्टीकोण भएकाले मात्र उम्मेदवार हुन पाउने गरी मापदण्ड बनाएको हो ।

सो सैद्धान्तिक मापदण्ड भित्र अटाएकाले मात्र स्थानीय तहको निर्वाचनमा भाग लिन पाउने जनाउँदै एमालेले सन्तुलन र समावेसी प्रतिनिधित्व गराउन सक्ने गरी उम्मेदवार सिफारिस गर्न सम्बन्धित कमिटीहरूलाई निर्देशन दिनेबारे छलफल जारी छ ।

यसरी सिफारिस भएकामध्ये महानगर र उपमहानगगरका प्रमुख÷उपप्रमुखका उम्मेदवार भने पार्टी केन्द्रले नै चयन गरी नाम निर्धारण गर्नेछ । ‘सम्बन्धित पालिका कमिटी तथा जिल्ला र प्रदेशको सिफारिसमा केन्द्रीय कमिटीले महानगरका प्रमुख र उपप्रमुख चयन गरी उम्मेदवार खडा गर्नेछ,’ एक केन्द्रिय सदस्यले भने ।

उनका अनुसार उपमहानगरपालिका वा नगरपालिकाहरुको नगरप्रमुख÷उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारको चयन पालिका कमिटी र जिल्ला कमिटीको सिफारिमा प्रदेश कमिटीले निर्धारण गरेपछि मात्रै उम्मेदवार हुन पाइनेछ ।

जिल्ला कमिटीलाई भने उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाका वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवार चयनका बारेमा निर्णय गर्ने अधिकार एमालेले प्रदान गर्ने भएको छ ।

‘केन्द्रले आवाश्यक ठानेमा कुनै पनि निर्णयमा पुनर्विचार गर्न सक्ने,’ अध्यक्ष ओलीले बैठकमा जानकारी गराइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा