शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

एमाले परित्याग गरेर नेकपा एस प्रवेश गरेका चारै जनाले पाए पद


  • बिहिबार, चैत्र १० २०७८
7.7K
SHARES

नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर नेकपा एसमा लागेका नेता नेकपा एसको प्रदेश कमिटी सदस्यमा मनोनीत भएका छन् ।

नेकपा एसको बुधवार बसेको वागमती प्रदेश कमिटी बैठकबाट रमेशबाबु श्रेष्ठ, कुमार कँडेल, ढालविक्रम कार्की र पुष्कर कँडेल प्रदेश सदस्यमा मनोनित भएका हुन् ।

कँडेलद्वय दोरम्बा शैलुङ गाउँपालिकाका हुन् भने श्रेष्ठ रामेछाप नगरपालिकाका हुन् ।

विगतमा वाम आन्दोलनको समर्थक रहेका व्यवसायी श्रेष्ठ नेकप एस गठनपछि सक्रिय राजनीतिमा लागेका हुन् ।

उनी रामेछापको वामपन्थी आन्दोलनका संस्थापक नेता नारायणबाबु श्रेष्ठका छोरा हुन् । उनी रामेछाप नगरपालिकाको मेयरका सम्भावित बलियो उम्मेदवार हुन् ।

नेकपा एसका पोलिटब्युरो सदस्य तथा रामेछाप जिल्ला सहइन्चार्ज होम बुढाथोकीले पछिल्लो समय रामेछापमा नेकपा एस बलियो बन्दै गएको र एमालेलगायतका पार्टीबाट विद्रोह गरेर नेकपा एसमा जनाधार भएका व्यक्तिहरु संलग्न भइरहेको बताए ।

केही दिनअघिमात्र एमाले वागमती प्रदेश कमिटी सदस्य झम्क कँडेल नेकपा एसमा प्रवेश गरेका थिए । उनलाई नेकपा एसले केन्द्रीय सदस्य बनाएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा