सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

पल शाह धरौटीमा रिहा हुने सम्भावना कति ?


  • बिहिबार, चैत्र १० २०७८
8.9K
SHARES

काठमाडौं । नाबालिग बालिकालाई बलात्कार गरेको आरोग लागेका नायक पल शाहविरुद्धको थुनछेक बहस जारी छ। पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले नाम लेखाएको बताइएको छ ।

नायक शाहलाई १४ वर्षसम्मको कैद सजायको माग दाबी गरिएको छ । शाहलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्मा, अधिवक्ताद्वय मोहना अन्सारी र राधिका खतिवडा लगायतका ७ जनाले बहस गरेका थिए ।

बुधबार नै प्रतिवादीका पक्षबाट ३ जनाले बहस गरेका थिए । प्रतिवादी तत्काल भागेर अन्त कतै जाने ठाउँ नरहेको, अभियोग पुष्टी हुने आधार पनि नरहेको कारण प्रतिवादीलाई साधारण तारेखमै राखेर मुद्दाको पुर्पक्ष हुनुपर्ने उनीहरुले माग गरेका थिए ।

बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस जारी छ । बुधबार बहस नसकाएका कानुन व्यवसायीले बिहीबार कार्यालय समय सुरु भएलगत्तै बहस सुरु गरेका थिए । अदालत श्राेत अनुसार बहस छिटो भयो र कानुन व्यवसायी थपिएनन् भने आजै आदेश आउन पनि सक्नेछ ।

सामान्यतः ३ वर्षभन्दा कम सजाय हुने अभियोगमा मात्रै न्यायालयले धरौटी रकम लिएर तारेखमा छाड्ने गरेका छन् । कर्तव्य ज्यान, ज,वर,जस्ती क,रणी लगायतका गम्भीर प्रकृतिका कसुरमा भने अधिकांश प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने आदेश दिने गरेको पाइएको छ ।

तत्काल प्राप्त प्रमाणबाट कसूरदार नदेखिए मात्रै तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने गरिन्छ । शाह प्रकरणमा अडियो रेकर्ड, फेसबुक लगायतको म्यासेज, कल डिटेल्स रिपोर्ट र वारदातस्थलमा भएको पुष्टी हुने साक्षीको बयान र कागजात पेस गरिएकाले उनी तारेखमा छुट्ने सम्भावना भने ज्यादै कम रहेको कानुन व्यवसायीहरु बताउँछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा