नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताएका छन्।देश र जनताको हितमा लाग्ने एक मात्र पार्टी एमाले भएको समेत ओलीको दाबी थियो ।
बिहीबार काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशाबोध’ को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै यसलाई एमालेलेमात्र अघि बढाउन सक्ने बताएका हुन् । अध्यक्ष ओलीले अन्य पार्टीले कुरा मात्र गर्ने तर नेकपा एमालेले काम गरेर देखाउने बताएका छन् ।
त्यस्तै उनले समाजवादको गन्तव्यमा पुग्न एमालेले आवश्यक नीति बनाउने धारणा राखे। कसैप्रतिको द्वेष र कसैप्रतिको आग्रहले कुनै राजनीतिक नीति नबनाउने उनको भनाइ छ ।
कार्यक्रममा ओलीले नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्मा लगाएतलाई एमाले प्रवेश गराएका थिए ।देश र जनताको समुन्नत विकासका लागि एमाले पार्टीले आगामी निर्वाचन जित्नु पर्नेमा ओलीको जोड थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।