शनिबार, साउन ३० २०८३
ताजा अपडेट

डा. सीके राउत प्रति क्रेज बढ्दै, जनमत पार्टीले ३२ जिल्लामा चुनाव लड्ने


  • बिहिबार, चैत्र १० २०७८
9.4K
SHARES

फाईल तस्बिर

नजिकिँदै गर्दा दलहरूको सक्रियता ह्वात्तै बढेको छ । प्रदेश तथा जिल्ला स्तरीय प्रशिक्षण तथा बैठकले दिनहुँ जसो हुने दलहरू बस्न थालेका छन् । भने विभिन्न योजना बुन्दै नेता तथा कार्यकर्ताहरूलाई सक्रियता गराउने देखि जनतासम्म दलहरू पुग्न थालेका छन् ।

पहिलोपटक चुनावमा भाग लिन लागेको डा. सीके राउत नेतृत्वको जनमत पार्टीले पनि चुनाव केन्द्रित गतिविधि सुरु गरिसकेको छ । पार्टीले किसान आन्दोलन र माटो सङ्कलनको अभियान सँगसँगै चुनावी अभियानलाई पनि लैजाने गरी योजनाहरू बुनिरहेको छ ।

केही दिनअघि मात्रै माटो सङ्कलन यात्राका लागि गृह जिल्ला सप्तरी पुगेका डा. राउतले त्यहाँ कार्यकर्ता तथा जनतासँग भेटघाट गरेका थिए । जनमतले स्थानीय तहको निर्वाचनको क्रममा निर्वाचनबाट जनताको राज ल्याउने, भ्रष्टाचारको अन्त्य गर्ने र १० लाख बेरोजगारलाई रोजगारी दिनेलगायतका योजनालाई अघि सारेको छ ।

स्थानीय तहको निर्वाचन हुन अब ४९ दिन बाँकी छ । त्यसअघि निर्वाचनका लागि ठोस योजना र रणनीति तय गर्नका लागि पार्टीको बैठक बस्ने तयारी भएको छ । महासचिव चन्दन सिंहले जनमत पार्टीले मधेस प्रदेश सहित ३२ जिल्लामा निर्वाचनमा सहभागी हुने जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा