शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

गृहमन्त्रीको निर्देशन – चिनियाँ विदेशमन्त्री वाङको सुरक्षा व्यवस्था चुस्त पार्नू


  • बिहिबार, चैत्र १० २०७८
10K
SHARES

फाइल तस्विर

गृहमन्त्री बालकृष्ण खाणले चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमणमा आवश्यक सुरक्षाको व्यवस्थापन गर्न सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्। बिहीबार बसेको सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाणले वाङको भ्रमणका बेलामा सुरक्षा व्यवस्था प्रदान गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका हुन्।

गृह मन्त्रालयले तीनवटै सुरक्षा निकायलाई निर्देशन दिँदै सम्भावित सुरक्षा चुनौतीको अग्रिम व्यवस्थापन गर्न भनेको छ। विगतमा चीनविरोधी व्यक्ति र संस्थालाई निगरानीमा राख्न गृहले सुरक्षा निकायलाई निर्देशन दिएको हो। प्रहरीले लाजिम्पाटस्थित तिब्बती शरणार्थीको मुख्य कार्यालयलगायत उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरमा निगरानी बढाएको छ। ललितपुरको जावलाखेल, काठमाडौंका स्वयम्भू र बौद्धमा शिविर छन्।

अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएपछिको परिवर्तित भूराजनीतिक र त्यसले सिर्जना गर्न सक्ने सम्भावित सुरक्षा अवस्था बुझ्न चिनियाँ विदेशमन्त्री वाङ शुक्रबार काठमाडौं आउँदै छन्। एमसीसी आफूविरुद्ध भएको चिनियाँहरूको बुझाइ छ। चिनियाँ राष्ट्रपति सी जिङपिङले एमसीसी अनुमोदन हुनुअगावै नेपालमा वाङको भ्रमण गराउन चाहेका थिए। तर, त्यस बेला समयअनुकूल नभएको भन्दै परराष्ट्र मन्त्रालयले चीनबाट हुने कुनै पनि उच्च स्तरीय भ्रमणका लागि स्वीकृति नदिएको स्रोतले बताएको छ।

नेपालमा पछिल्लो पटक भइरहेका राजनीतिक घटनाक्रमलाई बेइजिङले नजिकबाट नियालिरहेको छ। आफ्नो बलियो उपस्थिति जनाउन राष्ट्रपति सीले विशेष दूत बनाई वाङलाई नेपालको तीनदिने भ्रमणमा पठाउन लागेका हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा