शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन : प्रचण्ड


  • बिहिबार, चैत्र १० २०७८
14K
SHARES

फाईल तस्बिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपा विवादमा निर्वाचन आयोगले तत्काल सनाखत गरेको भए नेकपा एमाले भन्ने पार्टीनै अहिले नहुने जिकिर समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डले भने “निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन । हामी नेकपाका आधिकारिक नेता–कार्यकर्ता हुन्थ्यौँ । तर, देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्ट्याइयो ।

त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्‍यौँ,” उनले भने, “आज पनि त्यो शक्तिले षड्यन्त्र जारी राखेको छ । आज पनि सदन चल्न दिइएको छैन । त्यो प्रतिगमनकै एउटा कडी हो ।”

बिहीबार चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले  स्थानीय तहको निर्वाचन आफूहरूका लागि सामान्य नरहेको बताएका छन् । उनले भने, “निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ । तर, हाम्रो लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन, माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा