शनिबार, साउन ९ २०८३
ताजा अपडेट

त्रिभुवन विश्वविद्यालय र बालउद्धार बीच सम्झौता, आगामी शैक्षिक सत्रदेखि चिनियाँ भाषा पढाउने समझदारी


  • बुधबार, चैत्र ९ २०७८
13.9K
SHARES

त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युट र बालउद्धार माध्यमिक विद्यालय बीचमा सम्झौता भएको छ । आगामी शैक्षिक सत्रदेखि पाठ्यक्रममा समावेश गराई चिनियाँ भाषा पठनपाठन गराउन सोमबार विद्यालय परिषरमा भव्य कार्यक्रमबीच सम्झौता भएको हो ।

ईस्ट चाईना विश्वविद्यालय अन्तराष्ट्रिय साझेदारी प्रमुख तथा त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका डाईरेक्टर प्रा. डा. लिउ युमिङ्गले आफ्नो धारणा राख्दै बाल उद्दार जस्तो नमूना विद्यालयमा चिनियाँ भाषा पठन–पाठन गराउन व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेको निरन्तरको प्रयासले सम्झौता गर्न सम्भव भएको बताउँदै चिनियाँ भाषाको पठनपाठनले चिनियाँ भाषा, संस्कृति र नेपाली भाषा र संस्कृतिबारे आदान–प्रदान भई नागरिक–नागरिक बीचको सम्बन्ध बढाउने विश्वास व्यक्त गरे।

नेपाल र चीनबीचको मित्रवत सम्बन्धको कारण त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसीयस ईन्स्टिच्युट स्थापना भएको बताउँदै चिनियाँ भाषा र आफ्नो अध्ययन राम्रो गर्ने मेहनती विद्यार्थीहरुले चीनमा गई छात्रवृतिमा उच्च शिक्षा प्राप्त गर्ने अवसर समेत पाउने बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ध्रुवप्रसाद घिमिरेले चिनियाँ भाषा सिकाईले विद्यार्थीहरुमा अवसरका नयाँ ढोका खुल्ने बताउँदै त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि कक्षा ९ बाट चिनियाँ भाषा पठनपाठन गरिने जानकारी गराए।

विद्यालयका प्रधानाध्यापक विनोद पण्डितले कक्षा ९ बाट बढीमा २० जनाको दरले पठनपाठन गराईने चिनियाँ भाषा प्रत्येक वर्ष थपिँदै कक्षा १२ सम्म हुने, पढाई र चिनियाँ भाषामा राम्रो गर्ने विद्यार्थीहरुले विद्यालयको सिफारिसमा स्नातक, स्नातकोत्तर र पिएचडी सम्मको अध्ययन छात्रवृतिमा पढ्न पाउने अवसर प्राप्त हुने बताए।

सम्झौता कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेल, त्रिभुवन विश्वविद्यालय कन्फ्युसीयस ईन्स्टिच्युटका प्रा.डा. बाल मुकुन्द रेग्मी, नगर उप–प्रमुख रमादेवी राई, नगरप्रवक्ता तथा वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्य भुवप्रसाद रेग्मी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक–अभिभावक संघका पदाधिकारीहरु, फरक–फरक ५ चिनियाँ संचार माध्यामका प्रतिनिधिहरु, नेपाली संचार माध्यामका प्रतिनिधि, विधालयका बाल बालिकालाई युनिफर्म तथा खाजा सहयोग गर्ने चिनियाँ प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा