सोमबार, कार्तिक ३ २०८३
ताजा अपडेट

ठूलै काण्डमा मुछिए अर्थ मन्त्री शर्मा, प्रचण्डलाई तनाव


  • बुधबार, चैत्र ९ २०७८
10.9K
SHARES

फाइल तस्विर

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्मा ठूलै काण्डमा मुछिएका छन् । गृहजिल्ला रुकुम पश्चिम पुगेर शर्माले मुसिकोटस्थित एउटा चर्च भवनको शिलान्यास गरेपछि विवादित बनेका छन् ।

बुधबार बिहान मन्त्री शर्माले मुसिकोट नगरपालिकाको वडा नम्बर १ मूलखोलामा ‘मुसिकोट एजी चर्च’ भवनको शिलान्यास गरेका थिए ।

नेपाल ख्रिष्टियन समाजका केन्द्रीय सचिव तथा मुसिकोट एजी चर्चका संस्थापक मुकुन्द शर्माले कर्णाली प्रदेश सरकारको सहयोगमा भवन निर्माण शुरु गरिएको जानकारी दिए । हाललाई प्रदेश सरकारले ३० लाख रुपैयाँ उक्त भवन निर्माणका लागि विनियोजन गरेको मन्त्री शर्माले बताए ।

निर्माण शुरु गरिएको चर्च भवनको लागत अनुमान तीन करोड रुपैयाँ रहेको छ । बाँकी बजेटको निम्ति अर्थमन्त्री शर्माले अन्य मन्त्रालयमा पहल गरिदिने वचन दिएको शर्माले जानकारी दिए । चर्चका सँस्थापक शर्माले आवश्यक बजेट व्यवस्थापनको लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आफूले पनि अनुरोध गरिरहेको जनाए ।

मुसिकोट नगरपालिकामार्फत् कार्यान्वयन हुने उक्त भवन निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको छ । निर्माण समितिका अध्यक्ष भीमबहादुर बोहोराले मंगलबारदेखि भवन निर्माणको काम तीब्र गतिमा भएको उल्लेख गरे ।

यस पटकको बजेटबाट भवनको निम्ति टाईबिम र पिलरहरु बैशाख मसान्तभित्र निर्माण हुनेछ । थप बजेट व्यवस्थापन भएको अवस्थामा अन्य काम थालिने उनले जानकारी दिए ।

चर्च भवन तीनतले हुने छ । माओवादीमाथि जनयुध्दताका खोजीखोजी मन्दिर तोडफोड गरेको आरोप छ । जनार्दनको यही काण्डले माओवादीलाई आसन्न चुनावमा गम्भीर धक्का लाग्न सक्ने टिप्पणी हुन थालेको छ ।

याे विषयले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निल्नु न ओकल्नु भएकाे छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा