शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेपालमा गयो चार रेक्टर स्केलभन्दा माथिको भुकम्प


  • बुधबार, चैत्र ९ २०७८
6.4K
SHARES

सांकेतिक तस्विर

काठमाडौं । आज नेपालमा भुकम्प गएकाे छ । ताप्लेजुङ केन्द्र भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हाे । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार अपराह्न ४ः३९ मिनेटमा भूकम्प गएको जनाएकाे छ ।

गोरखा भूकम्पपछि नेपालमा चार रेक्टर स्केलका ५०० भूकम्प गइसकेको छ । रासस

याे पनि पढ्नुहाेस्:

नयाँ वर्षअघि आउला त मेलम्चीको पानी?

खानेपानीमन्त्री उमाकान्त चौधरीले मंगलबार मात्र यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्ने बताए । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुने उनको दाबी छ ।

सरकारका तर्फबाट चैतभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरणको घोषणा यो पहिलो भने होइन, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ६ महिना पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि यो वर्ष मेलम्चीको पानी काठमाडौं ल्याउने बताएका थिए ।

सरकारले चालू आर्थिक वर्षको बजेट व्यक्तव्यमा पनि सरकारले २०७९ को वैशाखसम्म बाढीग्रस्त मेलम्ची खानेपानी आयोजना पुनस्र्थापनाको काम सकेर काठमाडौंमा पुनः पानी ल्याउने घोषणा गरिएको छ ।

चैतको पहिलो हप्ता सम्पन्न हुँदा पनि विभागीयमन्त्रीदेखि सरकारका विभिन्न अधिकारीहरूले चैतभित्रै मेलम्चीको पानी आउने दाबी गर्दै आएका छन् ।

सरकारको दाबीजस्तै मेलम्ची खानेपानी चैतभित्रै काठमाडौं उपत्यकामा वितरण गर्नेगरी काम भइरहेको पाइन्छ । अहिले अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहेको हो ।

मेलम्ची खानेपानी विकास बोर्डका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्त निर्माण कम्पनीले चैतभित्रै अस्थायी रूपमा काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न सम्भव रहेको बताएकाले चैतभित्रै वितरण गर्न सम्भव रहेको बताउँछन् ।

अस्थायी रूपमा मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको छ । मुख्य सुरुङभित्र केही लेदो पसेको पाइएकाले त्यो सफा गर्ने काम सकिएपछि पानी हाल्ने काम सुरु गरिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । राजधानी दैनिकबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा