शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

आले र किसानको एक चेतावनीले माधव नेपाल भए ब्याक !


  • बुधबार, चैत्र ९ २०७८
7K
SHARES

फाइल तस्विर

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठ किसानको एक चेतावनीले उनीहरुको पद जोगिएको छ । नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने चेतावनी दिएपछि मन्त्रीबाट हटाउन देउवालाई बालुवाटार नामावली पठाउने तयारीमा रहेका माधव नेपाल ब्याक भएका हुन् ।

तत्कालका लागि माधवकुमार नेपालले सरकारमा सहभागी मन्त्री नफर्ने भएका छन । सरकारमा सहमागी गराउँदा नै ६ महिनाका लागि भनेर पठाइएकोल भए पनि उनीहरूकै बलमा पार्टी फोडेका माधव नेपालले फेरि उनीहरूले छाड्दा सडकमा पछारिने भएपछि सरकारबाट फिर्ता नबोलाउने नपर्णय लिएका छन ।

सोमबार माधव नेपालले साँखुमा भएको एउटा कार्यक्रममा पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् । उनले मन्त्री फेर्ने छलफल चलाएपछि मन्त्रीहरू श्रेष्ठ र आले एमाले अध्यक्ष केपी शर्मा ओलीकोमा धाउन थालेका थिए । त्यसपछि सशंकित बनेका नेपालले उनीहरूले समाजवादी पार्टी नै फोरेर एमालेमा जाने चेतावनी दिएपछि आफ्नो नीतिमा परिवर्तन गरेका हुन ।

उनले मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए । एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा