शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

२० फिटे बाटो नभएका प्लटिङका जग्गा किनबेचमा रोक, प्राधिकरणले थाल्यो यस्तो तयारी


  • बुधबार, चैत्र ९ २०७८
12.4K
SHARES

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणबाट अनुमति नलिइरै गरिएका २०० बढी प्लटिङका जग्गा तत्काल रोक्का हुने भएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुर र ललितपुरमा गरी करीब २०० हाराहारी ठाउँमा अनधिकृत प्लटिङ भएको पत्ता लगाइसकेको छ ।

अहिले ती प्लटिङ भएका जग्गाको कित्ता नम्बर खोज्न विकास प्राधिकरणले टोली खटाएको छ । केही ठाउँमा कित्ता नम्बर समेत पत्ता लगाइसकेको प्राधिकरणले सबै अनधिकृत प्लटिङको कित्ता नम्बर आएपछि सिधै मालपोत कार्यालयलाई पत्राचार गरेर रोक्का राख्ने योजना बनाएको छ ।

‘अहिले भक्तपुर र ललितपुरले पहिचान गरेका करीब २०० ठाउँका अनधिकृत प्लटिङको कित्ता नम्बर खोजीरहेका छौं,’ काठमाडौं उपत्यका विकास प्राधिकरणकी आयुक्त जानूका ढकालले भनिन्, ‘सबै ठाउँको कित्ता नम्बर आयो भने ती जग्गा रोक्का राख्नको लागि मालपोत कार्यालयलाई पत्राचार गर्छौ ।’

मालपोत कार्यालयबाट जग्गा रोक्का राखिसकेपछि उनीहरूले मापदण्ड अनुसारको ५ प्रतिशत खुल्ला क्षेत्र र २० फिट बाटो कायम गरे भने मात्रै फुकुवा गर्ने पनि ढकालले बताइन् ।

अन्यथा उक्त जग्गाको किनबेच पूर्णरुपमा रोक्का रहने उनको भनाई छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा