सप्तरी । दलबल सहित केन्द्रिय सदस्य अर्को पार्टीमा प्रवेश गरेपछि नेकपा एमाललेलाई झड्का लागेको छ । तत्कालीन संविधान सभा सदस्य एवं ऐमाले पार्टीका केन्द्रीय सदस्य रञ्जु ठाकुर बुधबार जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेसंगै एमालेलाई झड्का लागेको हो ।
ठाकुरलाई जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले अबिर,माला र गम्छा लगाएर पार्टी प्रवेश गराएका हुन्।
उनीसँगै राजविराजका उद्योगपति समाजसेवी अरूण प्रधानलगायत नेता तथा कार्यकर्ताहरू एमाले पार्टी परित्याग गरी जसपा नेपालमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश कार्यक्रममा भौतिक पूर्वाधार तथा यतायातमन्त्रीसमेत रहेकी जसपा नेतृ रेणु कुमारी यादवलगायतको उपस्थिति थियो ।
याे पनि पढ्नुहाेस्:
आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी बन्न तीन दिनमा डेढ लाख जनाले आवेदन दिएका छन् ।
देशभरका ७७ वटै जिल्ला प्रहरी कार्यालयमार्फत आइतबार, सोमबार र मंगलबार मात्रै १ लाख ३९ हजार ७५९ जनाले दर्खास्त दिएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीको भनाई छ ।
पहिलो दिन आइतबार ३० हजार २९९, सोमबार ५२ हजार २९९ र मंगलबार ५७ हजार १६१ जनाले आवेदन दिएको उनले बताए । बुधबारको विवरण आइसकेको छैन । प्रहरीले एक लाख म्यादी प्रहरीका लागि दर्खास्त दिन माग गरेको छ । एकसातासम्म म्यादी प्रहरी बन्न आवेदन दिन सकिनेछ ।
यसपटक म्यादी प्रहरीले नेपाल प्रहरीको मातहतमा रही ४० दिन खटिनेछन् । छनौट समितिले आवेदनहरुबाट योग्य व्यक्ति छानेपछि एक साता तालिम दिइनेछ । त्यसपछि उनीहरुलाई काममा खटाइनेछ । म्यादी प्रहरी छनौटका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको छ ।
समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, नेपाली सेना र सशस्त्र प्रहरी बलको राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत र जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वा प्रहरी निरीक्षक सदस्य सचिव रहने प्रावधान छ ।
म्यादी प्रहरीमा भर्ना हुनका लागि नेपाली नागरिक हुनुपर्ने, फौजदारी अभियोग लागेको नहुनुपर्ने, कुनै राजनीतिक दलको सदस्य हुनु नहुने, शारीरिक र मानसिकरुपले तन्दुरुस्त हुनुपर्ने लगायतका मापदण्ड राखिएका छन् ।