मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

एमालेलाई धुलो बनाउने दाउमा छ सरकार : ओली


  • KTM Khabar
  • बुधबार, चैत्र ९ २०७८
2K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेशलाई निषेध गर्दै बनेको सरकार र वर्तमान गठबन्धनका नेताहरु उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । बर्तमान सरकार जनादेशबाट नभई परमाधेशवाट बनेका कारण यसले एमालेलाई सडयन्त्र गरेर निमिट्यान्न पार्ने दाउमा सरकार रहेको तर त्यो मनसाय सरकारको पुरा नहुने बताएका छन् ।

केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा ओलीले एमाले लाई सकाउन गबन्धन लागेको तर त्यो चाहाना जनताले निस्तेज पारिदिने बताएका छन् ।

उनले भनेका छन्, “मुलुकलाई सहमति र समझदारीतिर होइन, द्वन्द्व र ध्रुवीकरणतिर धकेलिरहेका छन् । प्रतिपक्षलाई समाप्त पार्ने, धुलोपिठो पार्ने, बदला लिने जस्ता सत्तारुढ नेताहरुका अलोकतान्त्रिक अभिव्यक्तिले उनीहरुमा न्यूनतम लोकतान्त्रिक आचरण समेत नभएको स्पष्ट पारेको छ र उनीहरु सामाजिक फासीवादतिर अग्रसर हुँदै गरेको संकेत गरेको छ ।

सत्ताले प्रतिपक्षका विरुद्ध गठबन्धन गर्ने, धम्कीको भाषा प्रयोग गर्ने र हिंसालाई दुरुत्साहन गर्ने कुरा लोकतन्त्रमा अपेक्षा गरिँदैन । एमालेले आगामी चुनावमा बहुमत ल्याउने समेत ओलीले बताउँदै आएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा