शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

त्रिविमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ : गगन थापा


  • बुधबार, चैत्र ९ २०७८
8.2K
SHARES

फाइल तस्विर

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या सम्बोधनका विषयमा सम्वद्ध निकाय जिम्मेवार हुनुपर्ने बताएका छन् ।

कीर्तिपुरमा भएको त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२ औं राष्ट्रिय सम्मेलनमा बोल्दै महामन्त्री थापाले उच्च शिक्षामा लगानी, विश्वविद्यालय सञ्चालन प्रकृया, जिम्मेवारीका विषयमा छलफल हुनुपर्ने औंल्याए।

उनले भने, ‘त्रिविमा देखिएका समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ । उच्च शिक्षा सञ्चालन गर्नका लागि छुट्टै ऐन बनाउनुपर्छ ।’ उनले उच्च शिक्षामा लगानी, विश्वविद्यालय सञ्चालन प्रकृया, जिम्मेवारीका विषयमा पनि छलफल हुनुपर्ने बताउँदै नेपालको उच्च शिक्षाको गोरेटो प्रदान गर्न त्रिविले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

त्रिवि उपकुलपति कार्यालय दुई महिनादेखि बन्द छ। त्रिवि सेवा आयोगको विज्ञापन पारदर्शी नभएको, स्ववीयू चुनाव नभएको,ज्यालादारीमा आंशिक प्राध्यापकले काम गर्न बाध्य भएकोलगायतका माग राख्दै प्राध्यापक र विद्यार्थी आन्दोलनमा छन् ।

बुधबार किर्तिपुरमा त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको सम्मेलनमा थापाले विश्वविद्यालयलाई घाउ लाग्दै गर्दा सबैको मन दुखेको भन्दै यसलाई सुधार गर्नुपर्ने बताएका हुन् । उनले विश्वविद्यालयमा देखिएका समस्याहरू समाधानका लागि प्रधानमन्त्रीदेखि सरोकारवाला सबैको ध्यानाकर्षण गराउनुपर्ने पनि बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा