शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

देशभर यातायात कार्यालयका सबै सेवा अनिश्चतकालका लागि बन्द, सर्वसाधारण मारमा !


  • बुधबार, चैत्र ९ २०७८
15.1K
SHARES

फाइल तस्विर

यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा अनिश्चतकालका लागि बन्द गर्ने भएको छ । सर्भरहरुमा विद्युतीय समस्या देखिएको भन्दै विभागले बुधबार अपरान्ह ५ बजेदेखि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । यो निर्णय गरे सँगै नयाँ सवारीसाधन अनुमति पत्र लिन लाम लागेका हज्जारौ सर्वसाधारण झनै मारमा पर्ने देखिएको छ।

‘समस्या समाधान नभएसम्मका लागि सबै सेवा अवरुद्ध हुने जानकारीका लागि अनुरोध छ,’ विभागका प्रवक्ता लोकनाथ भुसालले सूचना जारी गरेर भनेका छन् ।

यसअघि विभागले लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो । अब सवारी दर्ता, नामसारी, नवीकरण र कर भुक्तानीसहितका सबै सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।

सवारी चालक अनुमति पत्रको नयाँ आवेदन बन्द गनेको यातायात व्यवस्था बिभागले आजबाट अनिश्चित कालका लागि सबै सेवा बन्द गर्ने सुचना निकालेको छ । यातायात व्यवस्था विभागको सिस्टम सर्वरमा समस्या आएको जनाउदै सबै सेवा अनिश्चित कालका लागी बन्द गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा