गृहमन्त्री बालकृष्ण खाणले स्थानीय चुनावमा भाग लिन सबै राजनीतिक दलहरूलाई आग्रह गरेका छन्। उनले ०७९ वैशाख ३० मा हुने स्थानीय चुनाव शान्तिपूर्ण हुने पनि बताए।
आज कपिलबस्तुको चन्द्रौटामा सशस्त्र प्रहरी बलको विन्धबासिनी बाहिनी मुख्यालय उद्घाटन गर्दै गृहमन्त्री खाणले निर्वाचनमा भाग लिन दलहरूलाई आग्रह गरेका हुन्।
उनले स्थानीय चुनाव निष्पक्ष तरिकाले हुने पनि बताए। नागरिकतले आफूलाई उपयुक्त ठानेका प्रतिनिधिलाई छान्न सक्ने उनको भनाइ थियो। उनले आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए।
विप्लव लगायत केही साना दल स्थानीय निकायको चुनावमा भाग लिने वा नलिने भन्ने विषयमा छलफलमै छन् । विप्लव माओवादी स्थानीय चुनावमा भाग लिन्छ या लिँदैन भन्ने आम चासोको विषय छ । चुनावमा भाग नलिई बखेडा झिकेको खण्डमा सरकारलाई चुनाव गराउन सुरक्षा खतरा महसुस हुन सक्ने बताइँदै आएको छ ।
सुरक्षा स्थिति बलियो र चुस्त दुरुस्त होस भन्ने उद्देश्यले गृहमन्त्री खाँणले सबै दललाई चुनावमा भाग लिन अनुरोध गरेका हुन् । स्थानीय चुनाव आगामी बैशाखमा हुने निर्णय सरकारले गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।