नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् ।
बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।
बैठक भोलिसम्म जारी रहने छ । यसअघि सोमबार पोलिटब्युरो बैठक र त्यसअघि सचिवालय बैठक बसेको थियो । आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्ड लगायतका कार्यसूची छन् ।बैठक दुई दिनसम्म चल्नेछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।