सोमबार, कार्तिक २४ २०८३
ताजा अपडेट

को हुन् पेप्सीकोलाबाट पक्राउ परेका ? चर्चित एमाले सांसद ठूलो तनावमा !


  • मंगलबार, चैत्र ८ २०७८
11.8K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा एमालेकी चर्चित सांसदलाई झड्का लागेको खबर बाहिरिएको छ । सांसद नविना लामाका बुवालाई प्रहरीले हतकडी लगाएको हो । नेत्रविक्रम चन्द विप्लव समूहमा रहेर आपराधिक गतिविधि गरेको आरोपमा प्रहरीले मणिक लामालाई पक्राउ गरी हिरासतमा राखेको हो ।

एमसिसीको विरोध गर्ने बहानामा पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टनजिक तीन वटा प्रेसर कुकर बम राखेको आरोपमा लामालाई प्रहरीले हिरासतमा लिएको हो। लामा एमाले सांसद नविना लामाका बुवा हुन्।

तीन साताअघि नै प्रहरीले लामालाई भक्तपुरबाट पक्राउ गरेको थियो। भक्तपुर परिसरले अभद्र मुद्दामा अनुसन्धान गरेको थियो। परिसरका अनुसार जिल्ला प्रशासन कार्यालयबाट मुक्त हुनेबित्तिकै लामालाई पक्राउ गरी पुनस् महानगरीय प्रहरी वृत्त बानेश्वरमा पठाइएको हो।

दुई सातायता बानेश्वर वृत्तको हिरासतमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीमाथि बम तथा विस्फोटक पदार्थको कसुरमा अनुसन्धान गरिएको र अहिले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन गर्ने तयारी गरिरहेको बुझिएको छ।

पेप्सीकोलामा बम फेला परेपछि नेपाल प्रहरीको विशेष ब्युरोसमेतले अनुसन्धान गरेको थियो। अनुसन्धानमा लामा जोडिएपछि अदालतबाट अनुमति लिएर प्रहरीले हिरासतमा राखेको थियो।

‘हाम्रो अनुसन्धान लगभग सकिएको छ, अहिले सरकारी वकिल कार्यालयले मुद्दा दायर गर्ने तयारी गरिरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले भने।

लामा पहिले विप्लव माओवादीमा केन्द्रीय सल्लाहकार थिए। अहिले उनी कुन हैसियतमा छन् भन्ने यकिन हुन सकेको छैन। लामालाई बम राख्ने, धम्क्याउँदै चन्दा संकलन गर्ने गरेको आरोप पहिलेदेखि नै थियो। पार्टी नीतिविपरीत काम गरेको आरोप पनि लामालाई छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा