अभिनेत्री करिश्मा मानन्धर आज बाट एमाले पार्टी प्रवेश गर्दै कमरेड करिश्मा बनेकी छन् । राजनीतिमा करिश्माको यो पहिलो ईन्ट्री भने हैन । यो भन्दा अगाडिनै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दल नयाँ शक्ति प्रवेश गरेकी थिइन् । नयाँ शक्तिमा निष्क्रिय भए सँगै एकाएक एमालेमा प्रबेव गरेकी हुन् ।
बाबुरामको दल छाडेर उनी बिचमा कमेडी विथ मुन्द्रेको टिभी सोमा व्यस्त भइन् । बिचमा मुलुकमा राजा नै चाहिने रहेछ भन्ने अभिव्यक्ति समेत दिएकी थिइन करिश्माले तर अहिले एमाले पार्टीको सिद्धान्त मन परेका कारण र ओलीबाट प्रभावित भएका कारण एमाले प्रवेश गरेको बताएकी छन् ।
कक्षा १२ को परीक्षा हुँदादेखि नै उनी अध्यक्ष ओलीसँगको सम्पर्कमा थिइन् । ओलीले सोही बेलादेखि नै करिश्मालाई पार्टी प्रवेश गराउन पहल गरेका थिए ।
पार्टी प्रवेशको क्रममा करिश्मा ले पार्टीको कार्यकर्ता भएर आफू बस्ने तर आफ्नु काम मन परेको खण्डमा र जिम्मेवारी दिएको खण्डमा आफू पछि नहट्ने समेत बताएकी छन् । उनले एमाले पार्टी र पार्टी अध्यक्ष ओली देशै भर चर्चित रहेको र एमाले पार्टीको प्रभाव मुलुक भर भएको समेत बताएकी छन् ।
केही वर्ष अघि पनि बाबुराम भट्टराई नेतृत्वमा गठित नयाँ शक्ति पार्टीमा समेत नयाँ जोस र ऊर्जा सहित अभिनेतृ करिश्माको प्रवेश भएको थियो । तर उनी बाबुरामको पार्टीमा समेत टिक्न सकिनन् । आगामी दिनमा ओली नेतृत्वको एमालेमा उनको भूमिका कस्तो रहन्छ भन्ने कुरा उत्सुकताका साथ हेरिएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।