मंगलबार, साउन ३१ २०७९
ताजा अपडेट

आउँदो चुनावमा एमालेले बहुमत ल्याउँछ, एमाले किन भए भनेर कसैले पछुताउने दिन आउँदैन : ओली


  • KTM Khabar
  • मंगलबार, चैत्र ८ २०७८
3.7K
SHARES

फाइल तस्विर

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले किन भए भनेर पछुताउने दिन कहिल्यै नआउने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी, अभिनेत्री करिश्मा मानन्धर लगायतलाई पार्टीमा प्रवेश गराउँदै ओलीले एमाले आउनेहरुले पछुताउनुनपर्ने बताएका हुन् ।

‘देशको सीमा, सार्वभौमसत्ताको सुरक्षा हुन्छ भने स्वाधीनता, स्वतन्त्रता, लोकतन्त्र सुरक्षित हुन्छ भने व्यक्तिगत हितहरु असुरक्षित हुन्छन् भन्ने हुँदैन । र कसैले पनि एमालेमा किन प्रवेश गरेँ भन्नुपर्दैन’ ओलीले भने ।

उनले आउँदो चुनावमा एमालेले बहुमत ल्याउने दाबी गरे । ‘आगामी चुनावमा हामी बहुमत ल्याउँछौं र बहुमत ल्याउनुपर्छ यस देशका लागि । हामीले बहुमत ल्याउनुपर्छ साथीहरु बहुमत ल्याउनेगरी लाग्नुस्’ ओलीले भने ।

पछिल्लो समय झन्डै दुई तिहाइनजिक पुगेको नेकपा फुटेर तितर बितर हुँदा समेत एमाले अध्यक्ष ओली बहुमत एमले ले नै ल्याउने दाबी गरिरहेका छन् । एमाले बाट फुटेको समाजवादी पनि चुनावमा एमालेको भन्दा आफ्नो पकड भएको बताइरहेका बेला आगामी चुनाव हेर्न लायक बन्ने पक्का छ ।

अहिले तत्कालीन नेकपा बाट फुटेर तिन दल बनेका छन् । एकातिर माओवादी केन्द्र अर्कोतिर एकीकृत समाजवादी र एमाले तिन तिर भएको अवस्था छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा