माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बर्तमान मन्त्रीहरू हेरफेर हुन सक्ने बताएका छन् । बर्तमान मन्त्रीहरु हेरफेर हुन सक्ने अध्यक्षको भनाई आए सँगै वर्तमान मन्त्रीहरूको पद धरापमा पर्ने लगभग निश्चित भएको छ ।
मंगलबार कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि जनकपुर आएका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै भने, ‘कतिपय मन्त्रीहरुसँग असन्तुष्टि छ । यस विषयमा गठबन्धनभित्र कुरा हुँदैछ । तर, अहिलेसम्म औपचारिक ढंगले टुंगिएको छैन्। केही मन्त्रालयमा हेरफेर हुने सम्भावना छ ।’
उनले गठबन्धनका लागि सबैभन्दा ठूलो त्याग माओवादीले गरेको दाबी गरे । अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा तालमेल गरी जान सकिने भएपनि कुन दलसँग तालमेल गर्ने त्यसको टुंगो नलागेको बताए ।
प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने पनि बताए । ‘लामो समयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसका कारण लाखौं जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकता पाउनबाट बञ्चित छन्,’ प्रचण्डले भने, ‘अब बस्ने संसद बैठकबाट यसको टुंगो लाग्छ ।’
जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डको मन्त्रीहरू हेरफेर हुन सक्ने भनाई आयसँगै मन्त्रालय हेरफेर हुने निश्चित प्राय भएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।