शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पूर्वसभामुख महरामाथि ठूलो बज्रपात, यस्तो हुन्छ भनेर सोचेका थिए होलान् र ?


  • मंगलबार, चैत्र ८ २०७८
10.9K
SHARES

फाइल तस्विर

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि अर्को बज्रपात भएको छ । महराका स्वकीय सचिव प्रमोद शर्मा नै पार्टी छाड्ने निर्णयमा पुगेपछि माओवादीमा खैलाबैला मच्चिएको हो ।

देशभर माओवादी पार्टी छाड्नेहरुको लर्को लागेको बेला शीर्ष नेताकै स्वकीय सचिवले समेत पार्टी छाड्न थालेपछि माओवादी गम्भीर बन्नुपर्ने देखिएको विश्लेषकहरु बताउछन् ।

माओवादी पार्टी छाडेका छ्न्। माओवादी केन्द्र घोराही उपमहानगर कमिटीको अध्यक्षसमेत रहेका उनले सामाजिक सञ्जालबाट माओवादी पार्टी त्यागेको घोषणा गरेका हुन्।

उनले फेसबुक पोस्टमा आफू साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्। ’आजको मितिदेखि म नेकपा (माओवादी केन्द्र)को साधारण सदस्यता समेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’

उनले लेखेका छन्, ’आगामी दिनमा एक स्वतन्त्र नागरिकको रुपमा देश र जनताको लागि सामाजिक भूमिका निर्वाह गर्ने गरी अगाडि बढ्नेछु। जनताको निरन्तर सेवामा निस्वार्थ र सके जति भुमिकामा आफूलाई उभ्याउने छु।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा